तनहुँको बन्दिपुरमा वाईसिएलको श्रमशिविर

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

नेकपा माओवादी केन्द्रको युवक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल तनहुँले श्रमशिविर गरेको छ । वाईसीएलले बन्दिपुर गाउँपालिका-२ खहरेमा श्रमशिविर गरेको हो । गत असार दोश्रो साता आएको बाढीले खहरेका एक दर्जन घरहरुमा क्षती पुर्‍याएको र बाढीपहिरोले केही घरहरु विस्थापित भएको उक्त स्थानमा श्रमशिविर सञ्चालन गरिएको हो ।
प्राकृतिक प्रकोपको कारण क्षती भएको स्थानमा श्रमशिविरको आयोजना गरी जनतालाई सहयोग गर्ने वाईसिएलको निर्णय अनुसार बन्दिपुरको खहरेबाट उक्त कार्यक्रम सुरु गरिएको वाईसिइलका अध्यक्ष इश्वर बस्यालले जानकारी गराएका छन् ।

गण्डकी प्रदेशका पूर्वमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानको उपस्थितिमा भएको उक्त कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य क्षितिज लामिछाने, वाईसिएल नेपालका केन्द्रीय सदस्य शरण सापकोटा लगायतका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले श्रमशिविरमा सहभागिता जनाएका थिए ।

दुइ दिनसम्म हुने उक्त श्रमशिविर कार्यक्रमको उद्घघाटन सत्रमा माओकादी केन्द्र बन्दिपुरका तर्फबाट ९ जना बाढिपीडितहरुको लागि जनही १५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker