बागभञ्ज्याङदेखि दमौलीको भोर्लेटार चोकसम्म ठुला सवारीलाई एकतर्फी

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-४ बागभञ्ज्याङदेखि दमौलीको भोर्लेटार चोकसम्म ठुला सवारीलाई एकतर्फी बनाइएको छ । व्यास नगरपालिका र सरोकारवाला निकायहरु बीच आतइबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

दमौलीको भोर्लेटार चोकमा बढ्दो सवारी चापको व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि व्यास-४ बागभञ्ज्याङदेखि भोर्लेटार चोक तर्फआउने सडकलाई एकतर्फी बनाइएको छ ।

सोमबारदेखि नै यो नियम लागु हुने गरी ठुला सवारी साधानहरुलाई एकतर्फी गर्दै प्रवेश निषेध लागु गरिएको छ । बागभञ्ज्याङदेखि सिमलटार, गल्बुबेसी हुँदै भोर्लेटार
चोकसम्मको सडक प्रयोग गर्ने गरी व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त रुट भएर सञ्चालन हुने ठुला, मझौला र ट्याक्टरहरुले तोकिएको रुटबाट सवारी सञ्चालन गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker