तनहुँकाे कमलाबारीमा भएकाे बस दुर्घटनामा ३४ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन् । उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार ३४ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते बस चालक सहित यात्रुहरुलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

दुर्घटनामा घाइते बस जिल्ला उदयपुर कटारी नगरपालिका–३ का ३१ वर्षीय सुभाष परियार, सहचालक जिल्ला ओखलढुङ्गा सुनकोशी गाउँपालिका–७ का अशोक कार्की, उदयपुर कटारी नगरपालिका–४ का २३ वर्षीय युवराज परियार, तनहुँको भानु नगरपालिका–१ का ३१ वर्षीय विक्रम विक, ३० वर्षीया शोभा विश्वकर्मा, चार वर्षीया सहारा सेन्चुरी विक, गोरखाको गोरखा नगरपालिका–३ का ३० वर्षीय कृष्ण परियार, उदयपुर कटारी नगरपालिका–१४ का २९ वर्षीया पार्वती रावत घाइते भएका छन् ।

यस्तै सिन्धुली दुधौली नगरपालिका–१२ का ३३ वर्षीय विष्णु परियार, कास्कीको पोखरा महानगरपालिका–१६ का सात वर्षीय अविनम आले मगर, ३० वर्षीया विमला श्रेष्ठ, दश वर्षीय अङ्कित श्रेष्ठ, १५ वर्षीय आकाश श्रेष्ठ घाइते भएका छन् ।

यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ३७ वर्षीय सुजन अधिकारी, भानु नगरपालिका–२ का २३ वर्षीया सुमित्रा अधिकारी, कास्कीको पोखरा महानगरपालिका–१४ वर्षीया चिजमाया खत्री, धनुषाका २० वर्षीया सुजिता शेर्पा, २२ वर्षीय दिनेदश दाहाल, ६० वर्षीयाा मनमाया तामाङ, उदयपुरको कटहरी नगरपालिका–९ का ३५ वर्षीय विनोद गिरी, कास्कीको पोखरा महानगरपालिका–३१ का ३४ वर्षीया बुद्धिमाया अधिकारी, गोरखाको पालुङटार नगरपालिका–७ का ४० वर्षीय शिव कुमाल घाइते भएका छन् ।

प्रहरीका अनुसार उदयपुर कटारी नगरपालिका–४ का १४ वर्षीय दिपसन राउत, कास्कीको पोखरा महानगरपालिका–१९ का १० वर्षीय कृष्ण शाह, १९ वर्षीय नेहा शाह, उदयपुर कटारी नगरपालिका–५ का २८ वर्षीया तुलसीमाया मगर, पोखरा महानगरपालिका–१४ का ४० वर्षीया विन्दु सुनुवार, चितवन भरतपुर महानगरपालिका–१० का १७ वर्षीय सुजन तिवारी, सर्लाही बागमती नगरपालिका–१ का १७ वर्षीय अमृत राना मगर, गुल्मीको धुर्कोट गाउँपालिका–३ का २४ वर्षीया निर्मला नेपाली, इटहरी नगरपालिका–२ का ७१ वर्षीया मनकुमारी कटवाल, तनहुँको भानु नगरपालिका–६ का २५ वर्षीया सुजता अधिकारी, धनुषाको गोदार नगरपालिका–७ का १५ वर्षीया अनिष थापा र पोखरा महानगरपालिका–१४ का १८ वर्षीया सरला सुनार घाइते भएका छन् ।

घाइतेमध्ये केही उपचार पश्चात् डिस्चार्ज भएको र केहीको पोखरा र दमौलीमा उपचार भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker