प्रहरी साथमा छ, ढुक्कले चाडपर्व मनाउनुहोस : तनहुँ प्रहरी

जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्व ढुक्क भएर मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनका विषयमा जानकारी गारउँन आइतबार पत्रकार भेटघाट कार्यक्रम गरी सुरक्षा व्यवस्थापालाई मजबुत पारिएको बताएको छ । ‘चाडपर्व ढुक्कले मनाउनुहोस, साथमा प्रहरी छदैछ’ भन्ने मूल मन्त्रका साथ प्रहरीले नागरिकको सुरक्षाको लागि अहोरात्र खट्ने हुँदा ढुक्क भएर चाडपर्व मनाउन आग्रह गरेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको चार स्थानमा नागरिक सहायता कक्षा स्थापना गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

लामो तथा छोटो दुरीमा जाने यात्रुहरुको लागि सहयोग गर्न सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । जिल्लाको पूर्वी नाका आँबुखैरेनीको पुल जीप नजिक, बन्दिपुरको डुम्रे बजार, दमौलीको भेटघाट र शुक्लागण्डकीको बेलचौतरामा सहायता कक्ष स्थापना गरिएको उनले बताए । आवश्यकता अनुरुप जिल्लाको अन्य शाखा सडकहरुमा समेत नागरिक सहायता कक्ष स्थापना गर्ने योजना रहेको तिमिल्सिनाले बताए ।

प्रहरीले हरेक दिन पृथ्वीराजमार्ग र ग्रामीण सडक खण्डमा सडक सुरक्षा जाँचको व्यवस्था मिलाएको प्रहरीले जनाएको छ। चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती, चोरी तस्करी, कालो बजारी, जुवातास, पटक पड्काउने जस्ता कार्यलाई निरुत्साहित गर्न प्रहरीले पहलकदमी थालेको तनहुँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

धनजनको सुरक्षाको लागि जिल्लाभरी ५८४ प्रहरी खटाइएको र हरेक दिन एक प्रहरी इकाईबाट एउटा गाउँ अनिवार्य गस्ती गर्ने व्यवस्था मिलाइएको उनले बताए । प्रहरीले गस्तीलाई निरन्तरता दिंदा हुन सक्ने अपराधिक क्रियाकलापका घट्नाहरुमा न्युनिकरण आउने प्रहरी उपरीक्षक मैनालीले विश्वास व्यक्त गरे ।

चाडपर्वको समयमा आफ्नो घरको झयाल ढोका राम्रोसंग बन्द गरेर मात्रै यताउता जान सर्वसाधारणहरुलाई प्रहरीले अनुरोध गरेको छ । असोज १५ गतेदेखि बजार र आसपास क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरिसकिएको छ । उनले भने, ‘शंकास्पद व्यक्ति भेटिए प्रहरीले तत्काल पक्राउ गरि नियन्त्रणमा लिनेछ । हतियार सहितका युनिफर्म लगाएका प्रहरी मोटरसाइकलमा समेत परिचालन गरिएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker