युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको अधिवेशन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१ स्थित विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा गठित नेपाल युवा रेडक्रस सर्कलले आफ्नो १०औ अधिवेशन तथा साधरण सभा विहीबार सम्पन्न गरेको छ ।

अधिवेशनले युवा रेडक्रस र्सकलको क्याम्पस इकाइ वर्ष २०८०/०८१ को लागि सुमन खड्काको अध्यक्षता ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । अधिवेशनबाट इकाईको उपाध्यक्ष पुष्पा पण्डित, सचिवमा मैसमी थापा, कोषाध्यक्षमा रोशन ओझा, सहसचिवमा सरिता कार्की चयन भएका छन् । इकाईको सदस्यमा शितल बिक, सुनिता पन्थ, शुशिला लम्साल, अस्मिता पौडेल एवं प्रियंका सुनार चयन भएका छन् ।

इकाइको साधारणसभामा र्सकलका अध्यक्ष सुनिता तिवारीले आ.व. ०७९/०८० को र्सकलको आर्थिक तथा प्रशासनिक प्रतिवेदन प्रस्तुत गरेको सचिव सविन लामिछानेले जानकारी गराए ।

सर्कलका अध्यक्ष सुनिता तिवारीको अध्यक्षता आयोजित कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश महासचिव रामदक्त पौडेल, नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखा उपसभापति नारयणी अधिकारी, नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker