दुई पालिका जोड्ने निर्माणाधिन पक्कि पुल
तनहुँको भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ को तल्लो डुम्रे जोड्ने गरी चुँदीखोला माथि निर्माण गरिदै गरिएको पक्कि मोटरेवल पुल । यो निर्माण पश्चात मुग्लिन हुँदै आउने सवारी साधान भानु–१ साजबोटमा रहेको सडक विभागको कार्यालय अगाडि हुँदै बेसीशहर जाने सवारी साधानहरुलाई सहज हुनुका साथै डुम्रे बजार क्षेत्रमा ट्रफिक जामको समस्या समेत केही कम हुने बताइएको छ । पुल निर्माणका लागि पहिलो चरणमा करिब ५० लाख रुपैयाँ विनियोजन भएको छ । तस्विर : भञ्ज्याङ