तनहुँमाकरिब ८ हजार रोपनीमा सुन्तला बगैंचा स्थापना तथा सुदृढीकरण कार्यक्रम

तनहुँ : तनहुँमा सात हजार ९२५ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तला जात फलफूलका नयाँ बगैँचा व्यवस्थापन तथा सुदृढीकरण कार्यक्रम सुरु गरिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले आव २०८१/८२ मा सुन्तला जातका फलफूल बगैँचा स्थापना तथा विस्तारअन्र्तगत उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रमबाट कृषक परिवार र रोजगारीमा आबद्ध गरी छ सय बढी स्थानीय प्रत्यक्ष लाभान्वित भएका कृषि प्रसार अधिकृत दिनकरमणि आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ४३ रोपनी क्षेत्रफलमा सुन्तला जात फलफूलको नयाँ बगैँचा स्थापना गरिएको छ । यसबाट २७ कृषकका परिवार लाभान्वित भएका छन् भने छ जनाले रोजगारी पाएका छन् ।

बगैँचा व्यवस्थापन तथा सुदृढीकरणका लागि नौ लाख ७५ हजार ५९० किलो गोठेमल, ५० हजार ८७८ किलो पिना, दुई हजार ३०९ किलो चुना, एक हजार ५४५ किलो निलो तुथो, ४० किलो रेडिमेट बोर्डो मिश्रण र दुई रोल मल्चिङ प्लाष्टिक करिब २० रोपनी क्षेत्रफलमा रहेका ‘ग्रिनिङ रोग’का बिरुवा हटाई पुनः रोपण कार्यक्रम सञ्चालन भएको कृषि प्रसार अधिकृत आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन सय रोपनी कलमी बिरुवा रोपण कार्य सम्पन्न भइसकेको छ ।”

सुन्तला जात फलफूलका नयाँ बगैँचा व्यवस्थापन तथा विस्तार कार्यक्रमका लागि रु ९९ लाख बजेट विनियोजन भएको सो कार्यालयले जनाएको छ । आव २०८०/८१ मा एक हजार ६५७ हेक्टर क्षेत्रफलमा सुन्तला बाली उत्पादन हुँदै आएकामा आव २०८१/८२ मा वृद्वि भई एक हजार ६७० हेक्टर क्षेत्रफल पुगेको छ ।

जिल्लामा विभिन्न कार्यक्रममार्फत दुई सय ६१ रोपनी क्षेत्रफलमा विस्तार गरी पाँच हजार ५२२ बिरुवा लगाइएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रु ४२ करोड ५० लाख मूल्यको सुन्तला बिक्री भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker