डुम्रेमा ल्याब सहित फिजियो थेरापीको सेवा शुरु

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर-१ डुम्रे बजारमा अत्याधुनीक ल्याब सहित फिजियो थेरापी सेवा शुरु गरिएको छ । लामो समयदेखि आयुर्वेद उपचार सेवा प्रदान गर्दै आइरहेको डुम्रेको सञ्चो आयुर्वेद औषधालयले डुम्रेमा पहिलो पटक येस्तो सेवा शुरु गरेको हो । हाल डुम्रे स्थित बेशिशहर चोकमा रहेको के एल भवनबाट उक्त सेवा प्रदान गरिएको छ ।

थेरापी सेवा शुरु भएसँगै विभिन्न ढाड, कम्मर तथा अन्य नशा रोग सम्बन्धी समस्या भएका स्थानीय बिरामीहरूलाई अन्य स्थानमा जानुपर्ने बाध्यता हटेको छ । यस अघि त्यस्ता बिरामीहरू दमौली, पोखरा, नारायणघाट र काठमाडौं जानुपर्ने बाध्यता रहेको थियो । साथै ल्याब सेवामा पनि विभिन्न जाँचहरु गरिरहेको छ ।

स्थापनाको अवसरमा विभिन्न विषेशज्ञहरुबाट करिब २०० जना बिरामीहरूको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरिएको थियो । हरेक महिनाको पहिलो शनिबार र तेस्रो शनिबार विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परिक्षण भइरहेको र थेरापी र औषधिमा समेत विशेष छुट सहित सेवा दिंदै आइरहेको संचालक तारा प्रसाद थापा काजीले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker