तनहुँ उद्योग वाणिज्य संघद्वारा भूकम्प पीडितलाई न्यानो कपडा सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई तनहुँ उद्योग वाणिज्य संघले न्यानो कपडा सहयोग गरेको छ । गत कात्तिक १७ गते रातिको भूकम्पबाट पीडित भएका प्रभावित व्यक्तिका लागि संघले न्यानो कपडा सहयोग गरेको हो ।

चिसो मौसमका कारण प्रभावितलाई समस्या भएकाले संघको सक्रियतामा जाजरकोट उद्योग वाणिज्य संघ र रुकुम उद्योग वाणिज्य संघमार्फत् वितरण हुने गरी त्रिपाल सहितका सामग्री सहयोग गरिएको अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए ।

जाजरकोटका लागि ३० थान पोलार ब्ल्याङ्केट, २७ थान त्रिपाल, ३० थान भुवावाला ट्राउजर, ३० थान न्यानो पेटीकोट, ६० थान टोपी, ३० थान हुड, ३० थान फाइबर सिरक डबल, ८० थान अन्य कपडा र २५ थान बच्चाहरुका लागि न्यानो कपडा सहयोग गरिएको छ ।

त्यस्तै रुकुम पश्चिमका लागि २० थान पोलार ब्ल्याङ्केट, १८ थान त्रिपाल, २० थान भुवावाला ट्राउजर, २० थान न्यानो पेटीकोट, ४० थान उनी टोपी, २० थान हुड, २० थान फाइबर सिरक डबल, ५६ थान अन्य सामग्री र १५ थान बच्चाहरुका लागि कपडा सहयोग गरिएको संघकी कार्यकारी सचिव सीता गुरुङले बताइन् ।

उल्लेखित सामग्री खरिदका लागि व्यवसायी महेश बतासबाट रु दश हजार, दुर्गा विकबाट रु तीन हजार पाँच सय, देवकुमार श्रेष्ठबाट रु दुइ हजार पाँच सय १५, नेत्रबहादुर अधिकारीबाट रु दुइ हजार पाँच सय पाँच, दिलबहादुर दरैबाट पाँच थान त्रिपाल सहयोग प्राप्त भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker