बन्दिपुर गाउँपालिकाद्वारा ३ जना छात्रालाई छात्रवृत्ति रकम वितरण

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिकाको मित्रता माध्यमिक विद्यालयका तीन जना छात्राहरुलाई छात्रवृत्ति रकम प्रदान गरिएको छ । विद्यालयबाट २०४८ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीहरुको समुहबाट संकलित रकमबाट स्थापना गरिएको अक्षकोषबाट छात्राहरुलाई रकम प्रदान गरिएको छ ।

२०७८ सालमा पूर्व विद्यार्थीहरुले एक लाख रुपैयाँ संकलन गरी अक्षयकोष स्थापना गरेका छन् । उक्त अक्षयकोष रकमको व्याज ११ हजार २०० रुपैयाँ र स्थानीय सदस्यहरुबाट संकलित ६ हजार ८०० रुपैयाँ थप गरी तीन जना छात्रालाई जनही छ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम वितरण गरिएको हो ।

मित्रता माध्यमिक बिद्यालयका प्रधानाध्यापक सरिता पौडेलले छात्राहरु सिर्जना भुजेल, अबिगेल भुजेल र नीरा भुजेललाई छात्रवृत्ति बापतको रकम उपलब्ध गराइएको स्थानीय डिपी अधिकारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker