बन्दीपुरमा प्रहरीको नागरिक सुनुवाई

बन्दीपुर : इलाका प्रहरी कार्यालय बन्दीपुरले सवारी दुर्घटना न्यूनीकरण, लागूऔषध नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउने उद्देश्यले बिहीबार बन्दीपुर गाउँपालिकाको सभा हलमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सुरक्षित, अनुशासित र सभ्य समाज निर्माणका लागि प्रहरी र स्थानीय सरकारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताउँदै नागरिक स्वयं पनि कानुनको पालना र सामाजिक उत्तरदायित्वप्रति सचेत हुनुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले अपराध तथा लागूऔषध नियन्त्रणमा परिवार, विद्यालय र समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै युवापुस्तालाई कुलतबाट जोगाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरिन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले नागरिकको सहयोगबिनाको सुरक्षा अभियान प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै समुदाय–प्रहरी साझेदारी, कानुनी सचेतना र अपराध नियन्त्रणमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा चालक र यात्रुको जिम्मेवार व्यवहारबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । कार्यक्रममा सवारी दुर्घटना, ट्राफिक सचेतना तथा लागूऔषध दुव्र्यसन सम्बन्धी विषयमा विस्तृत प्रस्तुति समेत गरिएको थियो ।

कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार विश्वभर प्रत्येक वर्ष करिब ३५ लाखभन्दा बढी सवारी दुर्घटनाका घटनामा करिब ३१ लाख मानिसले ज्यान गुमाउने गरेका छन् भने २ देखि ५ करोड मानिस घाइते हुने गरेका छन् ।

नेपालमा पनि हरेक वर्ष करिब २ हजारदेखि २ हजार ५ सयभन्दा बढी व्यक्तिको सडक दुर्घटनामा मृत्यु हुने तथा १२ हजारभन्दा बढी घाइते हुने गरेका छन् । औसतमा नेपालमा दैनिक २ देखि ५ जनासम्मले सडक दुर्घटनामा ज्यान गुमाउने तथ्य प्रस्तुत गर्दै ट्राफिक नियमको पालना नै जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको वक्ताहरूले औँल्याए ।

कार्यक्रममा क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाई, उद्योग वाणिज्य संघ बन्दीपुर इकाई, स्थानीय व्यापारी, उद्योगी, नागरिक समाजका प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले लागूऔषधको समस्या समाजमा भुसको आगोजस्तै फैलिँदै गएको भन्दै आफ्ना बालबालिकाको गतिविधिप्रति अभिभावक सचेत रहनुपर्ने, नियमित रेखदेख र निगरानी बढाउनुपर्ने तथा सुरक्षित समाज निर्माणका लागि प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker