पत्रकार महासंघको स्थापना दिवस : भञ्ज्याङ दैनिकका सम्पादक सहित छ जना पत्रकार पुरस्कृत

दमौली : नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसका अवसरमा भञ्ज्याङ राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक नारायण खण्डका सहित शाखामा स्थापित विभिन्न पत्रकारिता पुरस्कारबाट क्रियाशील छ जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको कार्यक्रममा भञ्ज्याङ पब्लिकेशन प्रा.लि.का अध्यक्ष र नेपाल पत्रकार महासंघका सल्लाहकार समेत रहेका सम्पादक खड्कालाई मुक्तिनाथ खनालद्वारा स्थापित “भवानी खनाल स्मृति पत्रकारिता पुरस्कार–२०८२” बाट पुरस्कृत गरिएको हो ।

यस्तै, रणबहादुर गुरुङद्वारा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व कार्यसमिति सदस्य श्रीहरि पौडेललाई पुरस्कृत गरिएको छ ।

उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट संघीय परिषद् सदस्य राजकुमार श्रेष्ठ विवि, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट पूर्व सहसचिव मिला दरै, भाग्यशालाी ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व अध्यक्ष ओमकार आचार्यलाई पुरस्कृत गरिएको छ ।

महासंघले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ, सुरज गुरुङ पत्रकारिता पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ भने अन्य पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको शाखाका सचिव कृष्णचन्द्र न्यौपानेले जानकारी गराए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, शाखाका अध्यक्ष डिपी अधिकारी लगायतले उनीहरुलाई पुरस्कृत गरेका थिए ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker