श्रममन्त्री श्रेष्ठद्वारा सम्पति सार्वजनिक : कति छ त सम्पति ?
भञ्ज्याङ न्यूज

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री बनेको चार दिनमै उनले सबैभन्दा छिटो आफ्नो अरबौँको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मन्त्री श्रेष्ठले मन्त्री नियुक्त भएको चौथो (चार) दिनमै सम्पत्ति विवरण र्सार्वजनिक गरेका हुन् ।
उनले र्सवाजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको खुलाएका छन् । काठमाडौँ महानगरपालिका वडा-९ मा कित्ता नम्बर ११४, ०-८-०-० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ । त्यस्तै, काठमाडौँ महानगरपालिका वडा नम्बर-३ मा कित्ता नम्बर १ सय आठ, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौं महानगरपालिका वडा-१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०-८-३-३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ ।
उनले आफ्नो दुइ घर रहेको उल्लेख गरेका छन् । काठमाडौँ महानगरपालिका ३ मा साढे दुइ तलाको घर र काठमाडौँ महानगरपालिका ९ धापासीमा ७ तलाको व्यवसायिक घर रहेको जनाएका छन् । उनले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको जनाएका छन् । २ करोड १७ लाख २४ हजार ४ सय मूल्य बराबरको सेयर लगानी रहेको उल्लेख गरेका छन् ।
त्यस्तै, उनले २० वटा व्यवसायिक कम्पनीहरुमा १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेका उल्लेख छ । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवराण्मा जम्मा ९ करोड ६९ लाख ७३ हजार ५० मुल्यबराबरको रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् । त्यस्तै, गरगहनामा विवरणमा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको खुलाएका छन् । त्यस्तै उनले बैंक खाता विवराणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाएका छन् । उनले तीन वटा आफ्नो र श्रीमतीको पाँच रहेको विवरणमा खुलाएका छन् ।
उनले प्राइम कमर्सियल बैंक, ग्लोबल आइर्एमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बंगलादेश बैंकमा आफ्नो बैक खाता रहेको जनाएका छन् । त्यस्तै उनको श्रीमतीको नाममा भने ग्लोबल आइर्एमई, एनएमबी र नबिल बैंकमा खाता रहेको बैंक खाता नम्बरसहित खुलाएका छन् । तर, बैंकमा कति पैसा छ भन्ने कुरा भने खुलाएका छैनन् ।
त्यस्तै उनले लिएको ऋण विवरण पनि खुलाएका छन् । उनले ग्लोबल आइर्एमईबाट ४ करोड ९७ लाख ७४ हजार ३ सय ७९ रुपैयाँ ऋण लिएको जनाएका छन् । त्यस्तै उनले विदेशबाट सापटी लिएको ५२ लाख ७२ हजार ९ सय ५७ रुपैयाँ १५ पैसा, किसान हार्डवेयरमा २ करोड ५० लाख, नेपाल बंगलादेश बैंक लिमिटेडबाट ५० लाख र आइएमइ कोअपरेटिभ कान्तिपथबाट ६ करोड लिएको उल्लेख गरेका छन्।
त्यस्तै सवारी साधन विवरणमा उनले आफ्नो चार वटा सवारी साधन रहेको जनाएका छन् । उनले र्सार्वजनिक गरेको सवारीसाधन विवरणमा उनले आफ्नो नामममा रहेको ४८ लाखको ल्याण्क्रुजर टोयटा प्राडो, ५२ लाख ५६ हजारको मोडल टोयटा आरएभि-४, ३७ लाख मूल्यको निशान र ९५ लाखको टोयटा हाइलक्स रहेको उल्लेख गरेका छन् ।
उनले र्सार्वजनिक गरेको अन्य सम्पत्ति विवरणमा टिभी एक थान, दराज १, कम्युटर १, ल्यापटप १, टेबल १, प्रिm ज १, एसि १, सोफासेट १, रोलेक्श घडी २, मोबाइल सेट १, डायनिङ टेबल १ रहेको उल्लेख छ । मन्त्री श्रेष्ठ नेकपा -एकीकृत समाजवादी) पार्टीबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका हुन् ।










