तनहुँ उद्योग वाणिज्य संघको महाधिवेशन : अध्यक्ष बाहेक सबै पदमा सर्वसम्मति

भञ्ज्याङ न्यूज

तनहुँ उद्योग वाणिज्य संघको आसन्न १६औं महाधिवेशनमा अध्यक्ष पद बाहेक अन्य पदमा सर्वसम्मति भएको छ । आज अन्तिम उम्मेदवारी फिर्ता लिने समय अगावै अध्यक्ष बाहेकका सबै पदका अन्य उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।

अब संघको अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका प्रत्यासी मध्ये अर्जुन अधिकारीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका छन ।

तर बाँकी दुइ प्रत्यासीमध्ये एकका पक्षमा सहमतिका लागि पूर्व अध्यक्षहरुले गरेको अन्तिम प्रयास सफल हुन सकेन । अब शनिबार हुने मतदानले जिल्लाभरका व्यापारीको छाता संस्थाको नेता चुनिनेछन ।

यसैबीच, संघको वस्तुगत सदस्यमा सुनचाँदी व्यवसायी समिति विजयी भएको छ । क्षेत्रीय होटल संघले उम्मेदवारी फिर्ता लिए पछि संघ सर्वसम्मत भएको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।

प्रथम उपाध्यक्षमा इमकुमार, द्वितीयमा कुमार सर्वसम्मत

तनहुँ उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल सर्वसम्मत भएका छन् । १६औं महाधिवेशनमा उम्मेदवारी दिएका मल्लका पक्षमा अरु आकांक्षीले समर्थन जनाए पछि उनी सर्वसम्मत भएका हुन् । सो पदमा उम्मेदवारी दिएका सुरेश पुरीले उम्मेदवारी फिर्ता गरेका हुन् ।

यसैगरी संघको द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत भएका छन् । पदका प्रत्यासी डुम्रेका सुनिल श्रेष्ठ र नेक महमदले उम्मेदवारी फिर्ता लिए पछि मल्ल सर्वसम्मत भएका हुन् ।

संघको एसोसिएटमा ओमराज श्रेष्ठले उम्मेदवारी फिर्ता लिए पछि शिवओम मल्ल पनि सर्वसम्मत भएको संघको सचिवालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker