तनहुँको म्याग्देमा एकल महिला सञ्जाल गठन

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकामा एकल महिला सञ्जाल गठन गरिएको छ । धनमाया आलेको अध्यक्षतामा सोमबार गाउँपालिका स्तरीय एकल महिला सञ्जाल गठन गरिएको हो ।

सञ्जालको उपाध्यक्षमा इश्वरी श्रेष्ठ, सचिव कमला कुमाल, कोषाध्यक्ष अनिता थापा, सहसचिव कृष्णमाया वस्याल चयन भएका छन् भने सदस्यहरुमा सत्यकला न्यौपाने, विमला रानाभाट, सरला अधिकारी, सिता परियार, श्रृजना सुनार, मन्जु थापा, पुनम थापार्,र् इश्वरी वाग्ले, र्सर्मिला कुमाल र इन्द्रा थापा रहेको बताइएको छ ।

सञ्जाल गठन समारोहमा बोल्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिला समाज परिवतनको अंश भएको र समाजले एकल महिलालाई पनि सँगै हिडाउनुपर्ने बताए । विभिन्न घटनाक्रमका कारण एकल जीवन व्यतित गरेका महिला दिदी वहिनीहरुको वाध्यतालाई समाजले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वालकृष्ण घिमिरेले राज्यले नै एकल महिलाको हक अधिकार सुनिश्चित गरेको हुँदा एकल महिलालाई हेलत्व भाव राख्न नहुने बताए । समाज रुपान्तरणको हरेक भागमा सबैमा महत्व हुने हुँदा एकल महिलाले पनि समाज परिवर्तनको नेतृत्व गर्न सक्ने हुँदा पालिका यस मामिलामा गम्भिर भएको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जितबहादुर राना, वडा अध्यक्षल लगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए भने महिला तथा बालबालिका शाखा प्रमुख शारदा गैह्रे पौडेलले सञ्जालन गठनका विषयमा सहभागिहरुलाई सहजीकरण गरेकी थिइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker