आदिकविमा मानसिक स्वास्थ्य विषयक अभिमुखिकरण

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा विश्व मानसिक स्वास्थ्य दिवस मनाईएको छ । अक्टोबर ६ गते संसार भरि विश्व मानसिक स्वास्थ्य दिवस मनाइने गरिन्छ । ‘मानसिक स्वास्थः सबैको अधिकार’ भन्ने नाराका साथ मनोसामाजिक परामर्शका क्षेत्रमामा नेपालमा कार्यरत गैह्र सरकारी संस्था ‘कोशिश’ तनहुँले क्याम्पसको समन्वयमा मंगलबार उक्त कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा क्याम्पसका प्राध्यपक र विद्यार्थीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिमुखिकरण कार्यक्रम गरिएको थियो । ‘कोशिश’ तनहुँका संयोजक महेन्द्र आचार्यले मानसकि स्वास्थ्य र अहिले देखिएको समस्याका विषयमा सहिजकरण गरेका थिए।

उक्त अभिमुखीकरण कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसका विद्यार्थीहरुले झेल्दै आएको तनाबका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मानसिक स्वास्थ्य भनेको के हो ?, मानसिक स्वास्थ्य बारे विश्वव्यापी तथ्याङ्क र नेपालको अवस्था, मानसिक स्वास्थ्यका समस्याले आउने चुनौती र त्यसका समाधानका उपायहरूको विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker