लेखक देव वस्न्यातलाई नमूना तोप उपहार (बन्दे कामी सम्बन्धी लेख सहित)

तनहुँको प्रसिद्ध प्राचिन तनहुँसुर दरवारमा रहेको तोप बनाउने बन्दे कामीको बारेमा खोजी गरी प्रचारप्रसार गर्ने व्यास-१ तनहुँका लेखक देव वस्न्यातलाई बन्देका ७औं पुस्ता ८० वर्षीय सुकबहादुर आले विश्वकर्माले उपहार स्वरुप काठको नमूना तोप प्रदान गरेका छन् ।

तनहुँसुरमा रहेको तोप बनाउने आफ्ना पुस्ता बन्देको क्षमता र प्रतिभाको बारेमा खोजी गरी विभिन्न संचारमाध्यमबाट प्रचारप्रसार गरी उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकोले आफूले लेखक वस्न्यातलाई नमूना तोप प्रदान गरेको आले विश्वकर्माले बताए ।

”लेखक वस्न्यातले खोजी गर्नु हुन्थेन भने बन्देको प्रचारप्रसार हुने नै थिएन”, विश्वकर्माले भने, ”बन्देको बारेमा लेखेर हामी सन्तानलाई समेत लेखक वस्न्यातले प्रेरणा दिनुभएको छ । उहाँलाई आफ्ंनै हातले बनाएको नमूना तोप नै उपहार प्रदान गर्न पाउँदा निकै खुशी लागेको छ ।”

भारतीय पारामेल्ट्री फोर्सबाट पेन्सन प्राप्त भएपनि आफ्ना पुस्ता बन्देको इतिहाँसबाट प्रभावित भएर नमूना तोप समेत बनाएको विश्वकर्माले बताए ।

लेख लेखेको आधारमा यसरी उपहार प्राप्त हुनु लेखकको लागि रोचक संयोग भएको लेखक वस्न्यातले बताए । ”तनहुँसुरलाई तोपले नै जिवन्त बनाएको छ । तर त्यो तोप बनाउने व्यक्तिको इतिहाँस खोज्दै जाँदा बन्दे कामीसम्म पुग्न सकें”, लेखक वस्न्यातले भने, ”अहिले बन्देका सन्तानहरुबाट यसरी उपहार पाउनुले गर्वानुभूति भएको छ ।”

प्राचिन सम्पदा र मौलिक संस्कृतिलाई उजागर गरी आफ्ना कृतिमार्फ पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन लेखक वस्न्यातको योगदान रहेको पाईन्छ । लेखक वस्न्यातको करिव आधा दर्जन कृति प्रकाशित छन् ।

तोप निर्माण गर्ने बन्दे कामी सम्बन्धी लेख पढ्नका लागि तलको लिंकमा जानु होला :

https://bhanjyangnews.com/?p=39318

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker