नेल्टा तनहुँमा नयाँ कार्यसमिति चयन

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) तनहुँको पाँचौ अधिवेशनबाट उपप्राध्यापक बसन्त कंडेलको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । आदिकवि भानुभक्त क्याम्पसमा आयोजित अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा प्रकाश खड्का, सचिवमा तीर्थराज वर्देवा, सहसचिवमा तीर्थराज रानाभाट, कोषाध्यक्षमा मनु सापकोटा चयन भएका छन् । समितिको सदस्यमा केश बहादुर थापा, झम बहादुर थापा, विमला अधिकारी, मीना शर्मा, प्रकाश मिश्र र विष्णु पोखे्रल रहेका छन् ।

अधिवेशनलाई सम्बोधान गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँमा अंग्रेजी भाषाको विकास र विस्तारका लागि नेल्टाले प्रशंसनीय काम गरेको बताउँदै स्थानीय सरकारका तर्फबाट नेल्टालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले आगामी दिनमा नेल्टाका नीति तथा कार्यक्रमहरु थप प्रभावकारी बनाउन पनि सुझाव दिए ।

नेल्टा तनहुँका अध्यक्ष लाल प्रसाद भट्टराइको अध्यक्षतामा आयोजित कार्यक्रममा नेल्टा गण्डकी प्रदेशका अध्यक्ष कमलराज लम्साल, नेल्टा गण्डकीका निवर्तमान अध्यक्ष डा. नवराज न्यौपाने, नेल्टा तनहुँका संस्थापक अध्यक्ष चक्र बहादुर अधिकारी, पूर्व अध्यक्ष रामचन्द्र पोखरेल, आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, वरिष्ठ अंग्रेजी शिक्षक महेन्द्र न्यौपाने लगायतका वक्ताहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संगठनका सचिव प्रकाश खड्काले संस्थाको प्रगति विवरण र कोषाध्यक्ष तीर्थराज वर्देवाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

वि.स. २०६६ सालमा स्थापना भएको नेल्टा तनहुँले जिल्लाका विभिन्न विद्यालय र क्याम्पसहरुमा कार्यरत शिक्षक र विद्यार्थीहरुका लागि प्रभावकारी शिक्षण सिकाइ, प्राज्ञिक लेखन र अनुसन्धानका विषयमा विभिन्न तालिम, गोष्ठी र सेमिनारहरु गर्दै आइरहेको छ । तनहुँमा १३८ जना शिक्षकहरु यस संगठनका आजीवन सदस्य रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker