तनहुँको भानु-१३ मा सिद्ध बाबा कप फुटबल प्रतियोगिता शुरु

भञ्ज्याङ समाचारदाता/मिर्लुङ

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङमा सिद्ध बाबा कप २०७८ फुटबल प्रतियोगिता सञ्चालन गरिएको छ । विजया दशमी पर्वको अवसरमा पारेर स्थानीय सिद्ध बाबा युवा क्लवले सोमबारबाट सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु गरेको हो । कोरोना कहरका कारण दुइ वर्षदेखि रोकिएको फुटबल प्रतियोगिता यस वर्षबाट सञ्चालन गरिएको छ । प्रतियोगिताको उद्घाटन गर्दै भानु-१३ का वडाध्यक्ष रामबहादुर बानियाँले स्वास्थ्य र अनुशासनका लागि खेलकुद अति आवश्यक भएको चर्चा गर्दै खेल क्षेत्रको विकासका लागि वडाले सक्दो सहयोग गर्दै आएको बताए ।

प्रतियोगिताका संयोजक विष्णु सिंह गुरुङको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वडा सदस्य सान्ता मौराती, नेपाली कांग्रेस वडा सभापति कृष्ण बहादुर अधिकारी, टुटेपानी होमस्टेका अध्यक्ष क्या. होम बहादुर गुरुङ, क्या. कृष्ण बहादुर खड्का, तमु हृयुल छोजा धिका केन्द्रीय सदस्य रग बहादुर गुरुङ, पूर्ण बहादुर थापा लगायतले खेलकुदको महत्व र क्लवले सञ्चालन गर्दै आएको प्रतियोगिताका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

क्लवले कातिक १ गतेबाट प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेपछि पानी परेका कारण उद्घाटन समारोह मात्र सम्पन्न गरिएको र मंगलबारबाट प्रतियोगिता सञ्चालन गरिने क्लवका सदस्य संगम सुमिर पियाँले जानकारी गराए । प्रतियोगितामा सहभागिताका लागि ३६ टिमले टिम दर्ता गराएको उनले बताए ।

यस्तै, क्लवले प्रतियोगितामा प्रथमलाई ६० हजार ६६६, द्धितीयलाई ३० हजार ३३३ रुपैयाँ नगद, ट्रफी, मेडल, प्रमाणपत्रद्वारा पुरस्कृत गर्ने क्लवले जनाएको छ । यस्तै, ठूलोढुंगा खेलमैदानमा हुने प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडी, सर्वोउत्कृष्ट गोल रक्षकलाई समेत आकर्षपुरस्कारबाट पुरस्कृत गर्ने क्लवले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker