भिमादको गाउँगाउँमा आयुर्वेद उपचार सेवा, शिविरमा २१० जनाको उपचार

भिमाद : तनहुँको भिमाद नगरपालिकाको आयुर्वेद शाखाले वडा नं. १ को कार्यालय प्राङ्गणमा निःशुल्क आयुर्वेद तथा योग शिविर बुधबार सम्पन्न गरेको छ । ‘मेरो स्वास्थ्य, मेरा जिम्मेवारी, स्वास्थ्य जीवनका लागि आयुर्वेदिक जीवनशैली’ भन्ने नाराका साथ सञ्चालित शिविरमा संविधानसभा सदस्य टुकराज सिग्देलले आयुर्वेद उपचार सेवालाई थप प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताए ।
वडा नं. १ का वडाअध्यक्ष दिपक आलेको अध्यक्षतामा आयोजित उक्त शिविरमा प्रदेश आयुर्वेद चिकित्सालय दमौलीका वरिष्ठ कविराज निरिक्षक शम्भु चापागाई, आयुर्वेद चिकित्सक डा. किरणचन्द्र पौडेलले २१० जना सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेका थिए ।
स्वास्थ्य परीक्षणका क्रममा सुगर, उच्च रक्तचाप, पाइलस, फिस्टुला जस्ता नसर्ने रोगका विरामीको संख्या बढि भेटिएको वरिष्ठ कविराज निरिक्षक चापागाईले बताए ।
शिविरमा योग प्रशीक्षकद्वारा रोगअनुसारको योग, स्वास्थ्य जीवनशैली प्रवद्र्धन सम्बन्धी परामर्श, आयुर्वेदिक औषधि निःशुल्क वितरण, दीर्घरोगहरु जस्तै सुगर, प्रेसर, ग्याँष्ट्रिक, वाथरोग, मुटुरोग छाला सम्बन्धी रोग, मानसिक रोग, पत्थरी, पिनास, वावासिर, दम, महिलाहरुको महिनावारी सम्बन्धी समस्या लगायतको उपचार सेवा प्रदान गरिएको बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker