तनहुँका भेन्टिलेटरमा उपचाररतको संख्या शून्य
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा कोरोना संक्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या शुन्य दरमा झरेको छ । जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना संक्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कोरोना पोजेटिभ भई हाल होम आइसोलेसमा रहेका ७५ जना रहेका छन् । जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा ३०, शुक्लागण्डकीमा १९, भिमादमा नौ, म्याग्देमा सात, भानुमा पाँच, बन्दीपुरमा दुइ र देवघाट, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा एक/एक जना रहेका छन् ।
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३७ रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । व्यास नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिका-९, भिमाद नगरपालिकामा तीन, म्याग्दे गाउँपालिकामा चार, ऋषिङ गाउँपालिकमा एक जना रहेका छन् । जिल्लाको घिरिङ गाउँपालिकमा भने कोरोनाको संख्या दर शून्य रहेको छ ।










