छिम्केश्वरी माविका विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी वितरण

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित छिम्केश्वरी माध्यमिक विद्यालयका बालविकास देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई ट्रयाकसुट, झोला, जुत्ता, स्टेशनरी सामग्री वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानले विद्यालयका विद्यार्थीलाई आइतबार सामग्री प्रदान गरेका हुन् ।

फ्रेण्ड्स अफ सिङ्ला फाण्डेसन स्वीसको सहयोगमा विद्यालयमा अध्ययनरत १६५ जना विद्यार्थीहरुका लागि सामग्री प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासले बताइन् । संस्थाले विद्यालयका साउण्ड सिस्टम, शिक्षकहरुलाई डायरी र पेन समेत प्रदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक एवँ सूचना अधिकारी काशीनाथ देवकोटाले बताए ।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवर, आँवुखैरेनी गाउँपालिका विकास वोर्डका सदस्य सचिव किशोर सुवेदी, फ्रेण्ड्स अफ सिङ्ला फाण्डेसन स्वीसका अध्यक्ष सोम बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासको अध्यक्षता र आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक काशीनाथ देवकोटाले गरेका थिए ।

नयाँ पोशाक, झोला, स्टेशनरी सामग्री पाएपछि विद्यार्थीहरु खुशी भएका स्थानीय अभिभावक दल कुमारी थापाले बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker