आदिकवि भानुभक्त क्याम्पस दमौलीमा सूचना प्रविधिको बुट क्याम्प सञ्चालन

दमौली : तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा सूचना प्रविधिको बुट क्याम्प सञ्चालन गरिएको छ । क्याम्पस र बिआइसिटी कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीहरूको साझा संस्था एबिआइटी क्लबले संयुक्त रुपमा बुट क्याम्पस सञ्चालन गरेका थिए ।
बुट क्याम्पमा रोबोटिक्स र आइओटी विषय अन्तर्गतको पिविसी डिजाइनिङ सम्बन्धमा विद्यार्थीहरूले व्यवहारिक ज्ञान र सीप हासिल गर्ने बताइएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बिआइसिटि कार्यक्रमको पाठ्यक्रममा छुटेका तर व्यवहारिक ज्ञानका लागि अत्यावश्यक विषयहरूमा विद्यार्थीहरूलाई योग्य र क्षमतावान बनाउन क्याम्पसले यस्ता बुट क्याम्पहरूको हरेक वर्ष आयोजना गर्दै आइरहेको क्याम्पस प्रमुख महाप्रसद हड्खलेले बताए। उनले भने, ‘यस्तो बुट क्याम्पमा विद्यार्थीहरूलाई एउटा कार्यशाला भित्र राखेर उनीहरूलाई विषय विज्ञबाट सैद्धान्तिक व्यावहारिक ज्ञान सिकाउने र अभ्यासको पर्याप्त अवसर प्रदान गर्ने गरिन्छ ।’
सिमित स्रोत र साधनका कारण सामुदायिक क्याम्पसहरूले एकआपसबाट सिक्ने र एकआपसका स्रोत र साधन परिचालन गरी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति अवलम्बन गर्नुपर्ने आजको आवश्यकता रहेको हुँदा आदिकवि भानुभक्त क्याम्पसले यस बुट क्याम्पमा आफूसँग सहकार्यको सम्झौता भएका बागमती र गण्डकी प्रदेशका बिआइसिटी कार्यक्रम सञ्चालन भएका क्याम्पसहरूका विद्यार्थी र शिक्षकहरुलाई बुट क्याम्पमा सहभागी हुने अवसर प्रदान गरेको क्याम्पस प्रमुख हड्खलेले बताए ।
बुट क्याम्पसको शुभारम्भ गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले आइटीका क्षेत्रमा आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीहरूको कम्प्युटर सीप विकासमा ठूलो लगानी गर्दै आएको र क्याम्पस सञ्चालक समिति विआईसिटिई अध्ययन गर्ने विद्यार्थीको दक्षता अभिवृद्धिका लागि थप आर्थिक स्रोतको परिचालनका लागि सकारात्मक रहेको बताए ।
मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सिलवालले  सूचना र प्रविधिका क्षेत्रमा त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरूमध्ये बिआइसिटीई कार्यक्रम एक आकर्षणको रहेको यसको पाठ्यक्रमले बिआइसिटीइ अध्ययन गर्ने विद्यार्थीहरुले सैद्धान्तिक र व्यवहारिक ज्ञान र अभ्यास गर्ने पर्याप्त अवसर प्राप्त गर्ने हुँदा यो विषय सबैको रोजाइमा परेको बताए।
वालिङ क्याम्पसका क्याम्पस प्रमुख युवराज पाठकले सूचना प्रविधिको युगमा काठमाडौं भन्दा बाहिरी क्षेत्रमा रहेका क्याम्पसहरुले सञ्चालन गरेको बिआइसिटीई कार्यक्रममा समुदायका विद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रविधिको समनुकूल ज्ञान र सीप प्रदान गर्न त्रिविको बिआइसिटी कार्यक्रमले महत्वपूर्ण अवसर प्रदान गर्दै आइरहेको र बुट क्याम्पले बिआइसिटीई कार्यक्रमलाई विद्यार्थीहरूको माझ लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
एबिआइटी क्लबका अध्यक्ष विशाल रुचालको अध्यक्षतामा आयोजित बुट क्याम्पमा आदिकवि भानुभक्त क्याम्पस तनहुँ, बालकुमारी कलेज चितवन, मध्यबिन्दु बहुमुखी क्याम्पस नवलपुर, मकवानपुर बहुमुखी क्याम्पस हेटौडा, म्याग्दी बहुमुखी क्याम्पस म्याग्दी, नीलकण्ठ बहुमुखी क्याम्पस धादिङ र वालिङ बहुमुखी क्याम्पस स्याङ्जाका गरी ६ ओटा क्याम्पसका विआईइसिटिई कर्यक्रममा अध्ययनरत १५० जना विद्यार्थीहरुको सहभगीता रहेको छ ।
क्याम्पमा सूचना र प्रविधिको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था नेपाट्रोनिक्स, काठमाडौंका विज्ञहरूले सहजिकरण गरेका थिए । क्याम्पमा विद्यार्थीहरूले अफिस तथा घरहरूमा प्रयोग हुने झ्यालढोका पङ्खा बिजुली टिभी सवारी साधन आदिलाई स्वचालित बनाउन प्रयोग हुने अटोमेटिक डिभाइसहरू निर्माण गर्नका लागि तालिम प्रदान गरिएको थियो। क्याम्पसले त्यस्ता डिभाइसहरू निर्माणको परियोजना सुरु गर्न लागेका विद्यार्थीहरूलाई व्यावसायिक प्रोत्साहनका लागि सहयोग पु¥याउनका लागि बिउ पुँजीको व्यवस्था मिलाउने भएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker