चितवन घटनाको दोषीलाई कार्वाहीको माग

भञ्ज्याङ न्यूज

नेपाल उत्पीडित जातीय मुक्ति संगठन जिल्ला कमिटी तनहुँले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी चितवनका भिम बहादुर विश्वकर्माका हत्यारालाई कार्वाही गर्न माग गरेको छ । जिल्ला अध्यक्ष तेज बहादुर वि.क.द्वारा जारी विज्ञप्तिमा भरतपुर नगरपालिका-४ का ५८ वर्षीय भिम बहादुर विश्वकर्मा माथि गत असोज २८ गते स्थानीय दुर्गा मन्दिरमा पुजा गर्न पाउनु पर्छ भन्ने माग गर्दा सामान्य विवादमा कुटपिट गरी हत्या गरिएको प्रति गम्भिर ध्यानाकर्षा भएको भनिएको छ ।

उक्त घटनाको स्थलगत भ्रमणका आधारमा विश्वकर्माले दुर्गा मन्दिर प्राङ्गणमा जम्मा भएका स्थानीयहरुको विचमा गएर यस मन्दिरमा हामीले पनि बोकाको बली दिन पाउने की नपाउने भनेर प्रश्न गर्दा स्थानीय सिताराम बस्नेतले असम्भव कुरा गर्छस् कुटपिट गरेको विज्ञप्तिमा भनिएको छ ।

कुटाइबाट घाइते भएका विश्वकर्मा स्थानीय पल्लवी फार्मेसीमा प्रवेश गर्न लाग्दा फार्मेसीका सञ्चालक समेत रहेका दिलिप श्रेष्ठले कुटपिट गर्दा बेहोस भएका र उनको चितवन मेडिकलमा उपचार्थ लैजादा डाक्टरहरुले मृत्युको घोषणा गरेका विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा उक्त घटना संलग्नालाई कडा कार्वाही गरी विश्वकर्माको परिवारलाई न्यायपूर्ण क्षतिपूर्ति दिन माग गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker