तिहार पर्वका अवसरमा दमौलीमा देखिएको चहपहल (फोटोफिचर)

तिहार पर्वको अवसरमा विहीबार तनहुँको दमौलीमा देउसी भैलो खेल्दै व्यास मगर नौमती बाजा समूह । तिहार पर्व सुरु भएसंगै बालबालिका, युवायुवती तथा विभिन्न समुह देउसी भैलो खेल्न थालेका छन् ।
तनहुँको दमौलीमा तिहार पर्वमा दिदीबहिनीले दाजुभाइलाइ दिने भाइमसला खरिद बिक्री गरिदै ।
तनहुँको दमौलीमा विहीबार तिहार पर्वका लागि सयपत्री फूल खरिद बिक्री गरिदै ।
उज्यालो र फूलको पर्वका रुपमा लिइने तिहारमा दिदीबहिनीहरुले दाजुभाईलाई भाइटिकाका दिन सप्तरङ्गी टिका लगाई सयपत्री, मखमली लगायतका फूलका माला लगाइदिने गर्दछन् ।
यस वर्ष तनहुँमा फूल खेती र व्यापार कम देखिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ