बेंसीशहरका सडक जीर्ण बन्दै

रासस/लमजुङ

जिल्लाकै सबैभन्दा सुगम तथा सुविधा सम्पन्न सदरमुकामको बेँसीशहर नगरपालिकाको सडक जीर्ण बन्दै गएको छ । सम्बन्धित निकाय तथा नगरपालिकाको बेवास्ताका कारण मर्मत नहुँदा रानीकुवा, मजुवाखेला नजिकैको सडक पुल, शेरा चोक, फुलबारी चोक, झिङ्गेखोला, ल्याण्ड स्टार साइट, घलेगाउँ चोकलगायत स्थानका सडक जीर्ण बन्दै गएको हो । अन्नपूर्ण पदमार्गको प्रवेशद्वारसमेत रहेको बेँसीशहरको सडक जीर्ण हुँदा आन्तरिक तथा विदेशी पर्यटक, सवारी चालक, यात्रुदेखि स्थानीयवासीलेे समेत बढी सास्ती खेप्दै आएका छन् । रानीकुवा र मजुवाखोलाबीच भागको झण्डै ५० मिटर सडकको कालोपत्र गतवर्ष र यस वर्षको बाढीपहिरो भत्काएको छ ।

यहाँका केही भाग सडकसमेत बाढीले बगाएको छ । यसरी सडक जीर्ण बन्दै गए पनि मर्मत हुन नसक्दा पानी परेको बेलामा हिलाम्मे र अन्य बेला धुलाम्मे हुँदा सवारी साधनदेखि पैदल यात्रुसम्मलाई समस्या हुनथालेको छ । यही नजिकको मजुवा पुल समेत जीर्ण बन्दै गएको छ । उक्त पुल काटेपछि मुख्य बजारका सडकमा खाल्डैखाल्डा देखिन्छ । यहाँ वर्षा भएको बेलामा खाल्डाखुल्डीमा जमेको पानीले हिलो तथा पानी छयापने हुँदा समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ। यस्ता खाल्डाखुल्डीले गर्दा सवारी साधनसमेत सहज रुपमा सञ्चालन गर्न समस्या हुने गरेको छ । सर्वसाधरण मात्र मात्र होइन यही बाटोहुँदै नगर प्रमुख, उपप्रमुख, प्रजिअ, जिल्लाका विभिन्न कार्यालय प्रमुख नियमित ओहोरदोहोर गर्ने गरे पनि यस विषयमा कुनै चासो नै दिइएको छैन ।

केही समयअघि शेरा चोकमा हिँड्दै गर्दा एउटा मोटरसाइकलले खाल्डोमा जमेको पानी शरीरभरी पारेर रुझाएको स्थानीयवासी लक्ष्मी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ एक दिन मात्र होइन वर्षाभएका बेलामा अन्य यात्रुलाई पनि जथाभावी सवारी चलाउनेले रुझाउने भएकाले डराइडराइ हिँडनुपर्ने भएकोे छ ।” चौतर्फी दबाबपछि नगरपालिकाले फूलबारी चोक तलदेखि कृषि ज्ञान केन्द्र कार्यालयबीच भाग सडकमा भने ढलान गरेको छ । नगरपालिकाको पाँच लाख बजेटमा करिब २० मिटर सडक ढलान गरिएको हो । नगर प्रमुख गुमानसिंह अर्यालले भन्नुभयो, “नगरभित्रका सडक मर्मत गर्ने दायित्व हाम्रो भए पनि बजेट अभावले गर्दा केही गर्न सकेका छैनौ ।” नगरका पुराना सडक धेरै भत्किएका छन्, मर्मतका लागि करौडांँै लाग्ने भएकाले लागत अनुमान गरी पैसाको जोहो भएपछि मर्मत गरिने उहाँको भनाइ थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker