भानु नगरपालिकाद्वारा खेलाडि विद्यार्थीलाई सम्मान

भञ्ज्याङ समाचारदाता/भानु

फागुन १२ र १३ गते दमौलीमा सञ्चालन गरिएको राष्ट्रपति रनिङशिल प्रतियोगितामा दोस्रो भएको भानु नगरपालिकाले खेलाडि विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

नगरपालिकाले राष्ट्रपति रनिङशिल प्रतियोगितामा ६ स्वर्ण, १ रजत र ६ कास्य पदक प्राप्त गरी जम्मा १३ पदकका साथ जिल्लामा दोस्रो स्थान प्राप्त गरेको छ । दोस्रो हुन सफल भानु नगरपालिकालाई जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरी पण्डितले नगर प्रमुख आनन्दराज त्रिपाठीलाई ट्रफी प्रदान गरेका थिए । यसैगरी नगरपालिकाको राष्ट्रिय मावि मयाखु भानु तनहुँले समेत जिल्लामा तृतीय स्थान हासिल गरी नगद १० हजार प्राप्त गरेको छ ।

पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठीले विद्यालयहरुमा खेलकूदका गतिविधिहरु नियमित रुपमा संचालन गर्नुपर्नेमा जोड दिए । खेलकुद स्वास्थ्यका लागि र राष्ट्रको योगदानका लागि पनि भएकाले विद्यार्थीले पढाइसंगै खेलकूदलाई पनि ध्यान दिनु बताए ।

उनले शैक्षिक गुणस्तरमा पनि भानु नगरपालिका तनहुँको उत्कृष्ट पालिकाको रुपमा पहिचान बनाउन नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले भने, ‘भानुमा खेलकूद गतिविधि बढाउन नगरपालिका स्तरीय खेलकूद विकास समिति गठन गरिने छ ।’

पालिकाकी उपप्रमुख उमा गोतामेले सामुदायीक विद्यालयमा गुणस्तर वृद्धि गर्न सबै जनसमुदायले चासो दिनु पर्ने भन्दै जनप्रतिनिधि र सामुदायीक विद्यालयका शिक्षकहरुले आफ्ना बालबालिकाहरु सामुदायीक विद्यालयमा पढाउनु पर्नेमा जोड दिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडाले विद्यालयमा खेलकूदका गतिविधिलाई प्राथमिकता दिनु पर्ने भन्दै नगरपालिकाबाट प्रदेशको प्रतियोगिता सहभागी भई उत्कृष्ट हुने विद्यार्थीलाई उच्च सम्मानका साथ पुरस्कृत गर्ने बताए ।

कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक एवं वडा नं. १० का वडाअध्यक्ष हरिहर उप्रेती, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरी पण्डित, नेपाल शिक्षक संघ भानु नगर समितिका सभापति ज्ञानेन्द्र पण्डित, नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेल लगायतले विद्यालयमा भएको न्यून श्रोत र साधनले पनि भानु नगरपालिकाले दोस्रो स्थान हासिल गरेको प्रति खुशी ब्यक्त गर्दै आगामी दिनमा नगरपालिका र सरोकारवालाहरुले खेल प्रतिको भावनामा बढोत्तरी ल्याउनु पर्ने बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker