धरान–इटहरी सडक खण्डमा लुटेराले गरे गोली हानी एकजनाको हत्या

विराटनगर । धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एकजनाको हत्या भएको छ । गोली प्रहार गरी लुटपाट गर्नेमा घाइते भएका रोहित चौधरीको मृत्यु भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागी बिपी प्रतिष्ठान ल्याइएको थियो । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनकुटाको मुलघाटबाट विराटनगर आउदै गरेका विराटनगर–५ का २८ वर्षीय रोहित चौधरीमाथि अपरन्न्ह हतियारधारी समूहले लुटपाट गरेको थियो ।

गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लागेको लुटेरा फरार भएका छन् ।

तीन जनाको समूहमा आएका लुटेरा मध्ये २ जना सँग खुकुरी र एक जना सँग पेस्तोल रहेको मृतक चौधरी सँगै रहेकी युवतीले जानकारी दिइन ।

उनीसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य छ । प्रहरीका अनुसार घटना दिउँसो साढे ५ तिर भएको हो । उनीहरु मोटरसाइकलमा इटहरीतर्फ आइरहेको बेला यो घटना भएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker