आँवुखैरेनी-१ सत्रसयमा बर्थिङ सेन्टर सञ्चालनमा

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ को सत्रसय आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर संचालनमा ल्याइएको छ । गाउँपालिकाले बुधबारबाट आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

यहाँ बर्थिङ सेन्टर सञ्चालनमा आएसंगै तनहुँको आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका र गोरखाका नागरिकहरुलाई सेवा लिन सहज हुने बताईएको छ ।

बर्थिङ सेन्टरको एक कार्यक्रमका बीच गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शुभारम्भ गर्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको र विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरुलाई सहज रुपमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन यो बर्थिङ सेन्टर सफल हुने बताइन् ।

वडा नं. १ का अध्यक्ष किशन थापाको अध्यक्षता आयोजित शुभारम्भ कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई सहजता दिन वक्ताहरुले सुझाएको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्ययले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker