गण्डकीमा क्षतिको विवरण सङ्कलनपछि सेवा प्रवाहको तयारी

गण्डकी : गण्डकीमा क्षतिको विवरण सङ्कलनपछि सेवा प्रवाहको तयारी ‘जेनजी’ प्रदर्शनीका क्रममा गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासमा भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाहेकका सबै मन्त्रालयका भवनमा तोडफोड र आगजनी गरिएको बताउनुभयो ।

“मुख्यमन्त्रीसहितको टोलीले मङ्गलबार नै प्रदेश मातहतका सबै क्षतिग्रस्त संरचनाको अवलोकन र क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरेको छ”, उहाँले भन्नुभयो, “बिहीबारसम्ममा पुनःनिर्माण गर्नुपर्ने र मर्मतसम्भार गनुपर्ने संरचनाको यथार्थ विवरण ल्याउन भौतिक मन्त्रालयलाई जिम्मेवारी तोकेका छौँ ।”

प्रदेशसभा सचिवालयबाहेक सरकार मातहतका मन्त्रालय र निकायमा गरी ४३ वटा चारपाङ्ग्रे र १०२ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी गरी क्षति पु¥याइएको प्रवक्ता डा गुरुङले जानकारी दिनुभयो ।

प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, प्रदेश प्रमुखको कार्यालय, प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशसभा भवनलगायतमा आगजनी र तोडफोड गरेको उहाँले बताउनुभयो ।

“कतिपय संरचना पूर्ण रुपमा ध्वस्त भएका छन्, तिनको पुनःनिर्माण गर्नुपर्छ, कतिपय मर्मतसम्भार गरेर सञ्चालन ल्याउन सकिने अवस्थामा छन्”, प्रवक्ता डा गुरुङले भन्नुभयो, “आर्थिक रुपमा कति क्षति भयो भनेर यकीन गर्न अझ केही समय लाग्छ, प्रदेश सरकारले अकल्पनीय भौतिक क्षति व्यहोर्नुपरेको छ ।” प्रदेश सरकार मातहतका मन्त्रालय र निकायबाट आइतबारदेखि नियमित सेवा सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो ।

कार्यालय भवनको सरसफाइ, रङरोगन र मर्मतसम्भारको काम भइरहेकाले तत्कालै पूर्ववत् रुपमा सेवा दिन नसकिएको प्रवक्ता डा गुरुङले बताउनुभयो ।

यसअघि क्षतिग्रस्त संरचनाको अवलोकनका क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै जाने र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनर्निर्माण गरिने बताउनुभयो ।

सुरक्षा निकाय र सेवाग्राही बढी आउने कार्यालयबाट तत्काल नियमित सेवा प्रवाह हुने वातावरण निर्माण गरिने उहाँको भनाइ थियो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेश राजधानी पोखरामा रहेका तीनै तहका सरकार मातहतका अधिकांश कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker