निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय जनशक्ति परिचालन गरिने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयले सबै मतदानस्थलमा आवश्यक पर्ने कर्मचारीको विवरण तयार गरेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँ क्षेत्र नं १ तर्फ एक हजार आठ सय २४ र क्षेत्र नं २ तर्फ एक हजार आठ सय ३६ कर्मचारी परिचालन गरिनेछ ।

क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार एक सय ४४ र प्रदेश २ तर्फ ५६ हजार तीन सय ४६ मतदाता छन् । प्रदेश १ तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र छन् ।

प्रदेश १ अन्तर्गतका ८२ मतदान केन्द्रमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, चार सय दश सहायक, ८२ सहयोगी नियुक्त गरिनेछ । त्यस्तै अन्य छ सय ५६ र तीन सय २८ स्वयंसेवक नियुक्त गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश २ अन्तर्गतका ७० मतदान केन्द्रमा ७० मतदान अधिकृत, ७० सहायक मतदान अधिकृत, तीन सय ५० सहायक, ७० सहयोगी, पाँच सय ६० अन्य र दुई सय ८० स्वयंसेवक नियुक्त गरिनेछ ।

तनहुँ क्षेत्र नं २ अन्तर्गत एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार ३२ र प्रदेश २ तर्फ ५७ हजार नौ सय ७३ मतदाता छन् । प्रदेश १ तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् ।

प्रदेश १ अन्तर्गतका ८० मतदान केन्द्रमा ८० मतदान अधिकृत, ८० सहायक मतदान अधिकृत, तीन सय २० सहायक, ८० सहयोगी, अन्य छ सय ४० र स्वयंसेवक तीन सय २० जना परिचालन गरिने कार्यालयले जनाएको छ ।

प्रदेश २ अन्तर्गतका ७३ मतदान केन्द्रमा ७३ मतदान अधिकृत, ७३ सहायक मतदान अधिकृत, दुई सय ९२ सहायक, ७३ सहयोगी, अन्य पाँच सय ८४ र दुई सय ९२ स्वयंसेवक परिचालन गरिनेछ ।

जिल्लाका मतदान केन्द्रमा प्रतिकेन्द्र पाँचवटाका दरले एक हजार पाँच सय २५ मतपेटिका व्यवस्थापन गरिने निर्वाचन अधिकारी ढकालले बताउनुभयो । त्यस्तै प्रतिकेन्द्र एउटाका दरले तीन सय पाँच मतदान सामग्री व्यवस्थापन गरिनेछ ।

निर्वाचन सम्पन्न गराउनका लागि दमौलीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृत र दुलेगौडास्थित शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker