आमा समुहलाई भवन निर्माणको लागि निःशुल्क जग्गा
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१ गल्बुबेसी घर्रभई हाल बेलायतमा बस्दै आएका हरि बहादुर हड्खलेले स्थानीय आमा समुहलाई भवन निर्माणको लागि जग्गा दान दिएका छन् । हड्खलेले स्थानीय नवआदर्श आमा समुहको भवन निर्माणका लागि करिब पच्चीस लाख रुपैयाँ मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
स्थानीयस्तरमा सक्रिय रुपमा सामाजिक क्षेत्रमा काम गर्दै आएको आमा समुहको क्रियाकलापबाट आफु प्रभावित भई समुहको भवन निर्माणको लागि आफ्नो जग्गा उपलब्ध गराएको जग्गादाता हड्खलेले बताएका छन् । आमा समुहको भवन निर्माणका लागि आफुले पिता पिताम्बर हडखलेको स्मृतीमा निःशुल्क रुपमा जग्गा दान गरेको जग्गादाताका दाजु अधिवक्ता डम्बरदेव हड्खलेले बताए ।










