दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः भतेरीमा विसर्जन गरिने

तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः व्यास नगरपालिका–३ मादी भतेरीमा विसर्जन गरिने भएको छ । मादी नदीका कारण भतेरी कटानमा परेपछि हाल बुद्धसिं मार्गअन्तर्गत व्यास–१३ सोढेमा फोहर फालिँदै आएकामा नगरपालिकाले पुनः भतेरीमा नै फोहर विसर्जन गर्ने तयारी गरेको हो ।

बुद्धसिंमार्गमा फोहर फालिँदा यहाँ भएर यात्रा गर्ने यात्रु र सर्वसाधारणलाई दुर्गन्ध भएपछि स्थानीयको मागबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मादी नदीमा तटबन्ध गरी खाडल परेको स्थानमा फोहर फाल्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

“बुद्धसिंमार्गमा फोहर फालिँदै आएकामा स्थानीयबाट वैकल्पिक स्थान खोज्न माग भइआएकाले अर्को व्यवस्था नभएसम्म पुनः भतेरीमा फोहर फाल्नुपर्ने बाध्यता आएको छ”, उहाँले भन्नुभयो, “नदीमा फोहरमैला प्रवाह नहुने गरी फोहरमैला विसर्जन गर्ने, हाललाई फोहरमैला छनोट प्रक्रिया स्थगन गर्ने र स्थानीयसँग समन्वय गर्ने र आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय भएको छ ।”

Exif_JPEG_420

बुद्धसिंमार्ग दमौली–मुग्लिन–नारायणगढको विकल्पका रूपमा रहेको सडक हो । बुद्धसिंमार्गको दमौली–बेलवास हुँदै भरतपुर महानगरपालिकाको घुमाउनेमा निस्किन्छ । यो मार्ग हुँदै घुमाउने पुग्न पृथ्वीराजमार्गबाट भन्दा २५ किलोमिटर छोटो पर्छ । गण्डकी प्रदेश सरकारले यो मार्गको १० किलोमिटर खण्डमा कालोपत्रको तयारी पनि गरिरहेको छ ।

बुद्धसिंमार्गमा बाटैभरि फोहर हुँदा नाक थुनेर हिँड्नुपर्ने बाध्यता थियो । दमौलीबाट सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र आह्वान भइसकेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंमार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ ।

बुद्धसिंमार्गमा फोहर फाल्नुअघि नगरपालिकाले व्यास–१ रत्यौलीमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । स्थापनाको ३० वर्षसम्म पनि नगरपालिकाले सरसफाइ केन्द्र बनाउन सकेको छैन । व्यास–१० स्थित मङ्गलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरिँदा स्थानीयले विरोध गरेपछि नगरपालिकाले त्यसबाट पनि पछि हटेको थियो । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।

नगरपालिकाले सरसफाइ केन्द्र निर्माणका लागि वालिङ नगरपालिकाले बनाएको फोहरमैला व्यवस्थापन केन्द्रको पनि अध्ययन अवलोकन गरेको थियो । नगरपालिका सरसफाइ शाखाका भाग्यशाली ढुङ्गानाका अनुसार व्यास नगरपालिकाको बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक ११ टन फोहर सङ्कलन हुँदै आएको छ । यसमध्ये कुहिने फोहर व्यास –१० दुम्सीमा मल उत्पादनमा प्रयोग गर्ने गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker