जीप दुर्घटनामा तनहुँका एक इन्जिनियर सहित तीनको मृत्यु

लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ ।

बेंसीशहर नगरपालिका-१ उदिपुरबाट आयोजनास्थलतर्फजाँदै गरेको प्रदेश ३-०१-२२ च १३८३ नम्बरको बोलेरो जीप विहीबार साँझ ५:१५ बजे उक्त गाउँपालिका वडा नं. ६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राइ, स्याङ्जा घर भएका ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराइ र तनहुँस्थित भानु नगरपालिका वडा नं. १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट १२० मिटर तल जीप खसेको र दुर्घटना हुनुका कारण भने खुली नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार तीन जना घाइते भएका छन् । घाइते हुनेमध्ये एक जना सोही आयोजनामा कार्यरत धरान घर भएका सुनिलकुमार शाह रहेको र अन्य दुइ जना एक महिला र बच्चाको ठेगाना भने खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।

प्रहरीका अनुसार घाइतेको टाउको खुट्टा टाउकामा चोट लागेको छ । उपचारका लागि बेँसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरीका अनुसार मृत्यु हुने तीन जना र घाइते हुने एक जनासहित आयोजनामा कार्यरत चार जना कर्मचारी दुर्घटनामा परेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker