ड्युटी गर्न आएका हौं, लोभ र दबाबमा पर्दैनौं : प्रहरी प्रमुख रेग्मी
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका प्रहरी उपरीक्षक राजेन्द्य्रबाबु रेग्मीले लोक लालच र दबाबमा नपरिकन नागरिकको सेवा गर्ने बताएका छन् । जिल्लामा सरुवा भएर आएपछि पत्रकारसंग भेटघाट गर्दै उनले प्रहरीले पहिल्यै योजना नबनाउने भन्दै उत्कृष्ट नतिजा आउने गरी काम गर्ने दाबी गरे ।
‘सञ्चार क्षेत्रले सकारात्मक सोचका साथ सत्यतथ्य समाचार प्रकाशित गरिदिनु होला’, उनले भने, ‘सञ्चारमाध्यममा आएका समाचारले समाजलाई सकरात्मक सन्देश प्रवाह गर्ने र अपराधजन्य घटना न्यूनिकरणका साथै अनुसन्धानमा पनि टेवापुग्दछ ।’ पत्रकार भेटघाटका क्रममा प्रहरी नायव उपरीक्षक युवराज खड्काले जतिसक्दो चाडैं सुचना प्रबाह गर्ने प्रतिवद्धता ब्यक्त गर्दै प्रहरी र पत्रकार सहकार्य गरी सत्य तथ्य समाचार सम्प्रेसण गरी अगाडि बढ्ने प्रतिवद्धता जनाए ।










