रोट्रयाक्ट क्लबद्वारा सेती बुल्दी दोभानमा सरसफाई

भञ्ज्याङ समाचारदाता/दमौली

रोट्रयाक्ट क्लब अफ दमौलीले रोटा सप्ताह अन्तर्गत सेती बुल्दी दोभान दमौली घाटको सरसफाई गरेको छ । क्लबले आइतबार व्यास-३ स्थित घाट वरपर सरसफाई गरेको हो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने घाट सरसफाईमा सहभागि हुँदै घाट साबैको साझा थलो भएकाले सरसफाईसंगै व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले भने ‘नगरपालिकाले घाटमा पूर्वाधार निर्माणसंगै व्यवस्थापनका लागि सहयोग गर्दै आएको छ । घाट नजिक रहेका चौतारी पनि संरक्षण गर्नुपर्ने आवश्यक देखिको छ ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल, सेती बुल्दी दोभान दमौली घाट व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापा लगायतका सहकार्य रहेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए ।

क्लबले रोटा सप्ताह अन्तर्गत यसअघि शिक्षा सम्बन्धी इन्टरयाक्ट, क्लबका विद्यार्थीलाई प्रशिक्षण, ब्यानर परिवर्तन, स्व.सचिन स्मृति रक्तदान लगायतका कार्यक्रम गरिसकेको र रोट्रयाक्ट दिवस र फुटसल कार्यक्रम बाँकी रहेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker