दमौलीमा नागरिकस्तरबाट किरियापुत्री भवन सञ्चालनमा ल्याइने

तनहुँको व्यास नगरपालिका-३ स्थित व्यास गुफा क्षेत्रमा निर्माण गरिएको किरियापुत्री भवन नागरिकस्तरबाट सञ्चालनमा ल्याइने भएको छ । शहरिया साँघुरो र घना बसाइँ व्यवस्थायुक्त रहनसहनमा काजकिरिया कर्म पारम्पारिक ढंगले सम्पन्न गर्न कठिनाइ भएको महसुस गरी उक्त भवन निर्माण गरिएको हो । नागरिकस्तरबाट समिति गठन गरी शुरु भएको भवन निर्माण कार्यमा देश तथा विदेशबाट समेत सहयोग प्राप्त भएको थियो ।

किरियापुत्री भवन निर्माणका लागि देश तथा विदेशबाट राम्रो रकम संकलन भएको र ब्यास नगरपालिकाले पनि आर्थिक सहयोग गरेपछि भवन निर्माण सम्पन्न भएको तत्कालीन भवन निर्माण समितिका संयोजक उपेन्द्र लम्सालले बताए । लम्सालका अनुसार ९८ लाख रुपैयाँमा भवन निर्माण गरिएको थियो । उक्त भवन निर्माणका लागि ब्यास नगरपालिकाले ३६ लाख ७६ हजार ७९७ रुपैयाँ, ब्यास नगरपालिका-३ वडा कार्यालयले दुइ लाख ६० हजार रुपैयाँ सहयोग गरेको थियो।

“दमौलीमा एउटा किरियापुत्री भवनको आवश्यकता महसुस भएको थियो, सोही बमोजिम स्थानीयवासीसँग छलफल गर्‍र्यौ र काम अगाडि बढायौ,” उनले भने, “उक्त भवन गत वर्षब्यास नगरपालिकालाई हस्तान्तरण गरेका थियौ ।” गत चैतमा कोरोना संक्रमण शुरु भएपछि नगरपालिकाले उक्त भवनलाई आइसोलेशन कक्ष बनाइएको थियो ।

किरियापुत्रीका लागि भनेर निर्माण गरिएको उक्त भवन सोही प्रयोजनका लागि सञ्चालनमा आउन सकेको छैन । “जुन उद्देश्यका साथ भवन निर्माण भएको थियो, सोही बमोजिम सञ्चालन भएको छैन,” लम्सालले बताए । दुइ हजार ९०० वर्ग फिट क्षेत्रफलमा फैलिएको भवनमा कुरुवा बस्ने कक्ष बाहेक ८ कोठा छ ।

नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त भवन अब नागरिकस्तरबाटै सञ्चालन हुने भएको छ। नगरपालिकाले किरियापुत्री भवन सञ्चालनसम्बन्धी कार्यविधि २०७७ खारेज गरी उक्त भवन सञ्चालन गर्न नागरिकस्तरबाटै समिति बनाउने निर्णय गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । ब्यास नगरपालिका-२, ३ र ४ का वडाध्यक्षको परामर्शमा सात जनाको समिति गठन गर्ने गरी लम्साललाई नै संयोजनको जिम्मेवारी दिइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker