बन्दिपुरको आकाशमा पाराग्लाइडिङ (फोटोफिचर)
नारायण खड्का

पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी बन्दिपुर पाराग्लाइडिङका लागि पनि उत्कृष्ट गन्तव्य हो । बन्दिपुरमा पर्यटकलाई आकर्षित गर्न तथा बसाइ लम्ब्याउने एउटा राम्रो माध्यम पाराग्लाइडिङलाई पनि बनाउन सकिने सम्भावना रहेको छ ।

बन्दिपुर क्षेत्रभित्र ट्रेकिङ, कायोकिङ, क्यानोनिङ्ग, बन्जी जम्पिङ्ग, रक क्लाइम्बिङ्ग, जिप फ्ल्यायर, पाराग्लाइडिङ जस्ता सहासिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गाउँपालिकाले पनि योजना बनाएर अगाडि बढिरहेको अध्यक्ष सुरेन्द्र थापा बताउँछन् ।

यी प्रकृतिक साहसिक खेल र सम्बन्धित व्यवसाय सञ्चालन गरे बापत गाउँपालिकाले निश्चित शुल्क लिने व्यवस्था पनि गरेको छ ।

बन्दिपुरको समिभञ्ज्याङबाट सिमलटारसम्मको क्षेत्रमा पाराग्लाइडिङ उडान गर्न सकिन्छ ।

पाराग्लाइडिङबाट मुकुन्देश्वरी पदमार्ग (मिनि ग्रेटवाल), रामकोट, बन्दिपुर बजार क्षेत्र, थानीमाई डाँडा, मर्स्याङ्दी उपत्यका, रामकोट, बन्दिपुर क्षेत्रका सुन्दर बस्ति, फाँट, वनजंगल, हिमश्रृंखला, पहाडका मनोरम तरेलीको अवलोकन गर्न सकिन्छ ।


तस्विर : नारायण खड्का/भञ्ज्याङ










