कांग्रेसको वडा अधिवेशनः तनहुँको ८५ मध्ये ६९ वडामा सर्वसम्मत, १९ वर्षका कान्छा क्षेत्रीय प्रतिनिधि

नेपाली कांग्रेसको वडा अधिवेशन अन्तर्गत ८५ वडा रहेको तनहुँमा ८४ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये ६९ वडामा सर्वसम्मत र १५ वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

दश स्थानीय तह रहेका तनहुँमा निर्वाचनबाट चार वडामा महिला सभापति चयन भएको जिल्लास्थित पार्टी कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–८ मा अधिवेशन स्थगित भएको छ । घिरिङ गाउँपालिका–१ मा सभापति पदमा सहमति जुट्न नसकेपछि आइतबार मतदान प्रक्रियाबाट सभापतिको टुङ्गो लगाएको पार्टीका जिल्ला सचिव विश्व बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थगित भएको वडामा छिट्टै अधिवेशन सम्पन्न हुनेछ । गुटगत विवाद उत्कर्षमा पुग्दा वडामा मतदान प्रक्रिया शुरु हुनु अगावै निर्वाचन सामग्री जफत भएपछि अधिवेशन स्थगित भएको थियो । व्यास नगरपालिका–१ को सभापतिमा दिलबहादुर दरै, वडा नं २ को सभापतिमा टुकबहादुर हमाल, वडा नं ३ को सभापतिमा अनप राना, वडा नं ४ को सभापतिमा देवबहादुर गुरुङ, वडा नं ५ को सभापतिमा सुरबहादुर थापा, वडा नं ६ को सभापतिमा ढालप्रसाद घिमिरे, वडा नं ७ को सभापतिमा युवराज गुरुङ, वडा नं ८ को सभापतिमा युवराज गुरुङ, वडा नं ९ को सभापतिमा नरबहादुर गुरुङ, वडा नं १० को सभापतिमा प्रेमराज मिश्र, वडा नं ११ को सभापतिमा देवबहादुर थापा, वडा नं १२ को सभापतिमा चन्द्रबहादुर विक, वडा नं १३ को सभापतिमा रेशम विक र वडा नं १४ को सभापतिमा नरिमाया राना निर्वाचित हुनुभएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–१ को सभापतिमा कृष्णबहादुर गुरुङ, २ को सभापतिमा धु्रवराज पौडेल, ३ को सभापतिमा युवराज श्रेष्ठ, ४ को सभापतिमा दिलबहादुर श्रेष्ठ, ५ को सभापतिमा हरिराज अधिकारी, ६ को सभापतिमा रवि केसी, ७ को सभापतिमा ईश्वर शर्मा, ९ को सभापतिमा रामप्रसाद पाठक, १० को सभापति खड्गविक्रम खाँण, ११ को सभापतिमा रविन्द्रविक्रम थापा र १२ को सभापतिमा गजबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

भिमाद नगरपालिका वडा नं १ को सभापतिमा माधव लम्साल, २ को सभापतिमा मोहन राना, ३ को सभापतिमा धनबहादुर थापा, ४ को सभापतिमा लोकबहादुर राना, ५ को सभापतिमा गणेश गैह्रे, ६ को सभापतिमा सूर्यनाथ पौडेल, ७ को सभापतिमा सोमराज सुवेदी, ८ को सभापतिमा माधव खनाल र ९ को सभापतिमा मनबहादुर थापा निर्वाचित हुनुभएको छ ।

भानु नगरपालिका वडा नं १ को सभापतिमा कृष्णकुमार श्रेष्ठ, २ को सभापतिमा अर्जुनबहादुर केसी, ३ को सभापतिमा सूर्यमान गुरुङ, ४ को सभापतिमा नुरचन्द्र पाण्डे, ५ को सभापतिमा दिपक थापा, ६ को सभापतिमा रणबहादुर श्रेष्ठ, ७ को सभापतिमा कुमार गाछा मगर, ८ को सभापतिमा ईश्वरबहादुर घिमिरे, ९ को सभापतिमा गणेशमान श्रेष्ठ, १० को सभापतिमा हिमनिधि पाण्डे, ११ को सभापतिमा हरिबहादुर बोहरा, १२ को सभापतिमा बेलबहादुर अधिकारी र १३ को सभापतिमा कृष्णबहादुर अधिकारी निर्वाचित हुनुभएको छ ।

म्याग्दे गाउँपालिका वडा नं १ को सभापतिमा विनोददत्त खनाल, २ को सभापतिमा रमेश अधिकारी, ३ को सभापतिमा बालचन्द्र भट्टराई, ४ को सभापतिमा सन्देश अधिकारी, ५ को सभापतिमा मदन थापा, ६ को सभापतिमा डिलबहादुर गुरुङ, ७ को सभापतिमा अच्युतराज काफ्ले निर्वाचित हुनुभएको छ ।

बन्दिपुर गाउँपालिका वडा नं १ को सभापतिमा देवेन्द्र खनाल, २ को सभापतिमा नारायण खड्का, ३ को सभापतिमा कुलबहादुर अधिकारी, ४ को सभापतिमा सीता थापा, ५ को सभापतिमा रिता तिवारी र ६ को सभापतिमा खुराकजङ्ग गुरुङ निर्वाचित हुनुभएको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नं १ को सभापतिमा किसन थापा, २ को सभापतिमा मिलन गुरुङ, ३ को सभापतिमा मदन खत्री, ४ को सभापतिमा टेकबहादुर थापा, ५ को सभापतिमा नरमान गुरुङ र ६ को सभापतिमा धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

ऋषिङ गाउँपालिका वडा नं १ को सभापतिमा सविना राना, २ को सभापतिमा खेमबहादुर राना, ३ को सभापतिमा दुर्गाबहादुर राना, ४ को सभापतिमा प्रेमकुमार श्रेष्ठ, ५ को सभापतिमा केशव थापा, ६ को सभापतिमा दानबहादुर आले, ७ को सभापतिमा दुर्गाबहादुर थापा र ८ को सभापतिमा भरतकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

घिरिङ गाउँपालिका वडा नं २ को सभापतिमा सुरेन्द्र थापा, ३ को सभापतिमा होमबहादुर थापा, ४ को सभापतिमा वीरबहादुर थापा र ५ को सभापतिमा चन्द्र थापा निर्वाचित हुनुभएको छ । देवघाट गाउँपालिका वडा नं १ को सभापतिमा मुक्ति थापा, २ को सभापतिमा मिनबहादुर राना, ३ को सभापतिमा गङ्गासिं विक, ४ को सभापतिमा नरबहादुर गुरुङ र ५ को सभापतिमा सोमनाथ ढकाल चयन हुनुभएको छ ।

तनहुँमा नेपाली कांग्रेसका १४ हजार ५१४ क्रियाशील सदस्य छन् । सात हजार ५७९ नयाँ हुन् भने ६ हजार ९३५ पुराना सदस्य छन् ।

१९ वर्षका कान्छा क्षेत्रीय प्रतिनिधि

म्याग्दे गाउँपालिका–५ निवासी जुपिटर वाग्ले नेपाली कांग्रेसको कान्छो क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट उहाँ म्याग्दे–५ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनुभएको हो ।

उहाँ हाल १९ वर्षको हुनुभयो । उहाँ तनहुँ जिल्लामै सबैभन्दा कम उमेरका क्षेत्रीय प्रतिनिधि बन्नुभएको छ । जनज्योति क्याम्पस भिमादमा विद्यार्थी राजनीति गर्ने वाग्ले युथ कांग्रेस नेपालको तनहुँ जिल्ला सदस्य र युथ कांग्रेस नेपाल म्याग्देका संयोजक हुनुहुन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker