गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट हालसम्म पारित कानूनको सङ्ग्रह पुस्तकका रुपमा प्रकाशन

गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट हालसम्म पारित कानूनको सङ्ग्रह पुस्तकका रुपमा प्रकाशनमा ल्याएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न चारखण्डमा विभाजन गरी प्रकाशनमा ल्याएको चारवटा सङ्ग्रह पुस्तकको शुक्रबार आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विमोचन गर्नुभयो ।

गण्डकी प्रदेशसभा गठनपछि सभाबाट हालसम्म ४६ ऐन पारित भएकामा त्यसमध्ये ४४ वटा पुस्तिकामा समावेश गरिएको छ । प्रदेशले पारित गरेका ऐन कानून स्थानीय तह, अदालतलगायतका कानूून कार्यान्वयन गर्ने एकाइमा नपुग्दा प्रदेश कानूनका बारेमा ती निकाय बेखबर बन्ने अवस्था आउन नदिन सङ्ग्रह प्रकाशनमा ल्याइएको र सबै निकायमा उपलब्ध गराइने मन्त्री चुमानले बताउनुभयो ।

प्रदेशको एकल अधिकार सूचीमा रहेका कानून संविधानसँग नबाँझिने गरी बनाउने गरिएको बताउँदै मन्त्री चुमानले भन्नुभयो, “एकल अधिकार सूचीका कानून बनाउँदा संविधानसँग नबाँझिने गरी बनाएका छौँ । कतिपय साझा अधिकार सूचीमा रहेका विषयमा सङ्घमा कानून नबन्दा प्रदेशलाई अप्ठ्यारो भए पनि सङ्घको मापदण्ड र आधारअनुसार कानून निर्माण गरेका छौँ ।”

मन्त्री चुमानले प्रदेश सरकारलाई आवश्यक पर्ने ऐन कानूनहरु निर्माण गरिसकेको बताउँदै कतिपय कार्यान्वयनको क्रममा संशोधन आवश्यक रहेको बताउनुभयो । प्रदेश ऐन सङ्ग्रहको पहिलो खण्डमा प्रदेशस्तरका आयोग÷निकाय, आन्तरिक प्रशासन, सुशासन, प्रदेशसभा, स्थानीय तह, शान्ति सुरक्षा, सञ्चार, न्याय प्रशासनसँग सम्बन्धित ऐन समावेश छ ।

यसैगरी दोस्रो खण्डमा राजस्व, आर्थिक प्रशासन, यातायात, जलस्रोत ऊर्जा तथा भौतिक पूर्वाधारसँग सम्बन्धित कानून, तेस्रो खण्डमा उद्योग वाणिज्य, पर्यटन, वन वातावरण, विज्ञान प्रविधि, खाद्य, कृषि, सहकारी र भूमिसँग सम्बन्धित कानून छन् । चौथो खण्डमा शिक्षा, स्वास्थ्य, खेलकूद, महिला, बालबालिका, समाज कल्याण तथा संस्कृतिसँग सम्बन्धित विषय छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker