प्रथम दमौली पाटन महोत्सवमा दर्शकको भिडभाड

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास-५ पाटनमा पाटन युवा क्लवले सञ्चालन गरेको प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको नवौ दिन शनिबार दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । शनिबार करिब ५० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेको पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताए ।

दर्शक भिडका कारण आयोजकलाई व्यवस्थापनमा हम्मे हम्मे परेको थियो । दर्शक भिडका कारण सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै दोस्रो गेट समेत खोल्नु परेको आयोजिकले जनाएको छ । सिमान्तकृत बोटे जातिको घर, च्याउको मःमः पराशर माविका विद्यार्थीद्वारा राखिएका विज्ञान प्रदर्शनी, सिताके च्याउ, न्यानो कपडा, जुत्ता, होटल, ढाकाका कपडा, वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा राखिएको परामर्शको स्टल, निःशुल्क स्वास्थ्य शिविरमा दर्शकहरुको घुइचो लागेको महोत्सवका मुल संयोजक पवन चुमी थापा मगरले बताए ।

व्यास नगरपालिका र छिमेकी गाउँपालिकाहरुबाट महोत्सव अवलोकन गर्न दर्शकहरुको घुइचो लागेको थियो । व्यास झुला र बोटेहरुद्वारा निर्माण गरिएको बाँसको अस्थायी फड्केबाट दर्शकहरुलाई आउने जाने व्यवस्था मिलाइएको थियो । मादी नदीमा र्‍याफ्टिङ गर्नेको समेत त्यतिकै भिड लागेको र्‍याफ्टिङ व्यवस्थापन समितिले जनाएको छ । सीमान्तकृत बोटे जातिको उत्थानका साथै परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको सचिवालय संयोजक दिनेश लामिछानेले बताए ।

यस्तै, नवौ दिन गायिका ज्योति थापा मगरले आधा दर्जन बढी गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिइन । दर्शक थामी नसक्नु भएपछि आफुहरुले महोत्सव भव्य रुपमा सफल भएको संयोजक चुमी मगरले बताए । आइतबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले महोत्सव समापन गर्ने तयारी गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker