‘युवाहरु चर्चित हुने नाममा बिना अध्ययन बोल्छन्’

नेपाली युवा सामाजिक सञ्जालमा ‘भाइरल’ हुने नाममा बिना अध्ययन बोल्ने गरेको पाइएको छ । ग्लोबल युथ पार्लियामेन्टले शुक्रबार साँझ यहाँ आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा वक्ताले युवाले कतिपय मुद्दामा बिना अध्ययन र तथ्य बोल्ने तथा अफवाह फैलाउने गरेको बताइएको हो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवालाई भ्रमबाट जोगाउन शिक्षामा लगानी गर्नुपर्ने बताउनुभयो । “बिना अध्ययन युवा बोल्दा समाजमा गलत सूचना प्रभाव भइरहेको छ, यसलाई रोक्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ पत्रकार टीकाराम यात्रीले अभियानकर्मीले प्राप्तिको आकांक्षा नराखी काम गर्न सक्दा समाजले उनीहरुबाट लाभ लिन सक्ने बताउनुभयो । समाजमा अफवाह फैलाएर नयाँ पुस्तालाई गलत बाटोतिर तानिरहेको उहाँको भनाइ थियो ।

मानवअधिकारवादी एवं पत्रकार राजन कुइँकेलले सामाजिक अभियानका नाममा अभियानकर्मीले आफू लोकप्रिय हुन गलत सूचनाको सहारा लिने गर्दा समाजमा बिग्रह ल्याउने सुनाउनुभयो । संसारमा आपत्विपत्, प्रकोप र महामारीजस्ता समयमा ल्याइने गलत सूचनाको बाढीले युवासहित समाजको तप्कालाई भ्रममा राख्ने गरेको उहाँको भनाइ थियो ।

नायिका रेखा थापाले विगत लामो समयदेखि युवालाई राजनीतिक दलले प्रयोग मात्र गरेको र उनीहरुको व्यक्तित्व निर्माणमा बेवास्ता गरेकाले आज समाजमा त्यसको असर देखिएको बताउनुभयो । ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले विषयवस्तु माथि राम्रो ज्ञान नराखी प्रचारको लागि मात्र गरिने कामले समाजलाई गलत बाटोमा हिँडाउने सुनाउनुभयो ।

कार्यक्रमका अन्य वक्ताले विरोधको पछाडि प्रमाणित तर्क, त्यसको विकल्प र समाधन दिनेभन्दा पनि आफू लोकप्रिय बन्न चर्को विरोध गर्ने र कुतर्क पेश गर्नेहरु नै अभियानकर्मीका रुपमा चर्चामा रहेको बताउनुभएको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker