झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमौली : संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका नेता स्व. झुलबहादुर आलेको स्मृतिमा स्थापना गरिएको झुलबहादुर आले स्मृति प्रतिष्ठानले आदिकवि भानुभक्त क्याम्पसका छात्रावासमा बसोबास गर्दै अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

क्याम्पसमा अध्ययनरत योजना थापा (कक्षा–११), स्वस्तिका आचार्य (बीबीए दोस्रो वर्ष), अर्पणा पन्थ (कक्षा–१२, विज्ञान) र सलिना मझकोटी (बीएड दोस्रो वर्ष, विज्ञान समूह)लाई शैक्षिक पुस्तकहरू हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले सामग्री हस्तान्तरण गरेका थिए। आदिकवि भानुभक्त क्याम्पसका स्ववियु सभापति अनुप आलेको समन्वयमा उक्त कार्यक्रम गरिएको थियो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै प्रतिष्ठानले विभिन्न सहयोगका कार्यक्रमहरू गर्दै आएको छ । केही समयअघि प्रतिष्ठानले ऋषिङ गाउँपालिका–७ स्थित चारजना असहाय तथा विपन्न परिवारलाई जाडो छल्न कम्बल वितरण गरेको थियो। त्यस्तै, आर्थिक रूपमा कमजोर दुई परिवारलाई विद्युतीय चुलो वितरण गर्नुका साथै एक वर्षसम्मको विद्युत तथा खानेपानी महशुल समेत तिरिदिने प्रतिबद्धता जनाइएको छ ।

अध्यक्ष कमलबहादुर आलेका अनुसार प्रतिष्ठानले वडा नं ७ भित्रका आवश्यकता भएका व्यक्तिहरू पहिचान गरी नियमित रूपमा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ । वृद्धवृद्धाको सहयोगका लागि प्रतिष्ठानले रु. १० लाखको अक्षयकोष स्थापना गरेको छ । सो कोषबाट प्राप्त व्याज वार्षिक रूपमा असहाय र विपन्न वृद्धवृद्धालाई प्रदान गरिने जनाइएको छ ।

वि.सं. २००७ साल माघ १२ गते तनहुँको ऋषिङ–७, घिरिङथोकमा जन्मिएका झुलबहादुर आले नेपाली कांग्रेसका समर्पित नेता थिए । उनि संविधानसभा सदस्य तथा पार्टीको महासमिति सदस्यसमेत बनेका थिए ।

२०७९ मंसिर ९ गते ७२ वर्षको उमेरमा उनको निधन भएपछि उनका छोरा कमलबहादुर आलेको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो, जसले उनको समाजसेवा र नेतृत्वलाई जीवन्त राख्न प्रेरणा दिइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker