दाताको सहयोगमा विपन्नको घर निर्माण

भञ्ज्याङ समाचारदाता/मिर्लुङ

तनहुँको भानु नगरपालिका-१३ का एकल दलित पुरुषलाई दाताहरुले उपलब्ध गराएको आर्थिक सहयोगबाट घर निर्माण गरी हस्तान्तरण गरिएको छ । सक्षम नेपाल अभियानले सञ्चालन गरेको विपन्न वीर बहादुर परियारको घर निर्माण अभियानमा विभिन्न दाताहरुबाट संकलित आर्थिक सहयोगबाट घर निर्माण गरी हस्तान्तरण गरिएको हो । अभियानका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा आइतबार आयोजित एक कार्यक्रममा भानु नगरपालिका-१३ का वडाध्यक्ष राम बहादुर बानियाँले घरधनी वीर बहादुर परियालाई हस्तान्तरण गरेका थिए ।

उक्त घर हस्तान्तरण कार्यक्रममा परोपकार भकारीका याम थापा, भानु-१३ नेपाली काग्रेस उपसभापति चन्द्र विवश गुरुङ, अभियान्ताहरु आकाक्षा पोखरेल, रोजिना क्षेत्री, भरत थापा, महिला संजाल भानु-१३ का अध्यक्ष सीता पौडेल, पोखरीछाप टोल सुधारका संयोजक दान बहादुर गुरुङ, पोखरीछाप गाउँका मुखिया सुक मान गुरुङ लगायतले दाता र अभियानकर्मीहरुले गरेको कामको प्रशंसा गरेका थिए । सन्तान बिहीन वीर बहादुरका दम्पती निकै कष्टपूर्ण रुपमा जीवनयापन गर्दै आएका थिए । वीर बहादुरकी श्रीमती विरामी भई थलपरेपछि सार्वजनिक भएको दयनीय अवस्थाको तस्विर देखिएपछि विभिन्न क्षेत्रमा अवद्ध युवाहरुले औषधी उपचार तथा घर निर्माणका लागि अभियान चलाएका थिए ।

वीर बहादुरकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएपछि उनको अन्तिम संस्कारका लागि विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट संकलित ३६ हजार रुपैयाँ उपलब्ध गराइएको स्थानीय अभियानक्रर्मी संगमसुमिर पियाँले जानकारी गराए । यस्तै, सन्तान र घरवार बिहीन बनेका वीरबहादुरको घर निर्माणका लागि सञ्चालन गरिएको अभियानमा १ लाख २८ हजार १०० रुपैयाँ आर्थिक संकलन भएको बताइएको छ ।

घर निर्मणका लागि चितावन अभियानले ५५ हजार रुपैयाँ, तनहुँ सेवा समाज दुवाइले ४० हजार रुपैयाँ, सुर्य खड्का (अष्ट्रेलिया)बाट १५ हजार रुपैयाँ, थान सिंह गुरुङ (अमेरीका)बाट ५ हजार रुपैयाँ, कृष्ण गुरुङ (सम्जुर)बाट २ हजार रुपैयाँ, भिमराज गुरुङ पोखराबाट ५ हाजर ५०० रुपैयाँ, बिष्णु गुरुङ बास्पानीबाट २ हजार रुपैयाँ, समिना बेगम वाडा सदस्यबाट २ हजार रुपैयाँ, असुरदिन मियाबाट एक हजार रुपैयाँ, समिम खानले ६०० रुपैयाँ र भानु-१३ का वडाध्यक्ष रामबहादुर बानीयाले १५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय अभियानकर्मी पियाँले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker