स्थानीय निर्वाचन : तनहुँमा स्वतन्त्र र साना दलद्वारा उम्मेदवारी दर्ता, कस्ले कहाँ गरे ?

भञ्ज्याङ न्यूज

आसन्न स्थानीय निर्वाचनका लागि जिल्लामा आइतबार स्वतन्त्र र साना दलका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका छन् । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजेदेखि उम्मेद्वारी दर्ता प्रक्रिया सुरु गरिएको थियो ।

जिल्लामा राप्रपा, विवेकशील साझा पार्टी, मङ्गोल नेशनल अर्गनाईजेशन, उन्नत लोकतन्त्र पार्टी, मौलिक जारोकिलो पार्टीका साथै स्वतन्त्र उम्मेद्वारहरुले पालिकाका विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका छन् । जिल्लाको सदरमुकाममा रहेको व्यास नगरपालिकामा २२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जसमध्ये ३ जनाले प्रमुख, २ जनाले उपप्रमुख, ४ जना वडाध्यक्ष र अन्य सदस्य पदमा उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए ।

नगर प्रमुख पदका लागि स्वतन्त्रबाट व्यास-९ की पार्वती कार्की, मङ्गोल नेशनल अर्गनाइजेशनबाट व्यास-५ की अनिता थापा र विवेकशील साझा पाटीबाट व्यास-११ का रमेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी विवेकशील साझाबाट उपप्रमुखमा हसिना बानुको उम्मेदवारी परेको उनले बताए । यस्तै, व्यास-१० को वडाध्यक्षमा सागर घिमिरेले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।

भानु नगरपालिकामा १८ जनाको उम्मेद्वारी दर्ता भएकामा एक जना स्वतन्त्र उम्मेद्वार विष्णुप्रसाद पोख्रेलले उपप्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् । शुक्लागण्डकी नगरपालिकामा २ जना प्रमुख, ३ जना वडाध्यक्ष र एक जना सदस्य गरी ६ जनाको उम्मेद्वारी परेको छ । प्रमुखमा मंगोल नेशनल अर्गनाइजेशनबाट नमबहादुर थापा र उन्नत लोकतन्त्र पार्टीबाट जगदिश काफ्लेको उम्मेद्वारी परेको निर्वाचन अधिकृत सरिता रायमाझीले बताइन् ।

शुक्लगण्डकी-६ को वडाध्यक्षमा फणिन्द्रबहादुर राना, शुक्लागण्डकी-११ को वडाध्यक्षमा सन्तोष मल्ल र शुक्लागण्डकी-७ को वडाध्यक्षमा तुलसीप्रसाद पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् । मल्ल र पौडेल स्वतन्त्र उम्मेद्वार हुन् भने रानाले मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेद्वारी दिएका छन् । यसैगरी अर्गनाइजेसनबाटै बसन्ती थापाले शुक्लागण्डकी-६ को महिला सदस्य पदमा उम्मेद्वारी दिएकी छन् ।

भिमाद नगरपालिकामा ८ जनाको उम्मेद्वारी परेकोमा राप्रपाबाट प्रमुखमा विष्णुभक्त खनाल र उपप्रमुखमा बसन्ति अधिकारीको उम्मेद्वारी परेको छ। भिमाद-३ को वडाध्यक्षमा नारायणबहादुर मल्ल, महिला सदस्यमा विमला मल्ल, भिमाद-६ वडाध्यक्षमा राजेन्द्र गैरे, भिमाद-६ वडाध्यक्षमा महोमद अलि मियाँ र भिमाद-७ वडाध्यक्षमा जनन्नजय भण्डारी रहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए। उनका अनुसार सबै उम्मेद्वार राप्रपाबाट हुन्। बन्दिपुर गाउँपालिकाको अध्यक्षमा केशव अधिकारीले मात्र स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै, आँबुखैरेनी गाउँपालिकामा ६ जनाको उम्मेद्वारी दर्ता भएकोमा विवेकशील साझा पार्टीबाट उत्सव अधिकारीले अध्यक्ष, राप्रपाबाट इमबहादुर क्षेत्रीले उपाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका निर्वाचन अधिकृत चिरञ्जवी पौडेलले बताए। उनका अनुसार आँबुखैरेनी-१ को वडाध्यक्षमा स्व्ातन्त्रबाट कर्णबहादुर गुरुङ, आँबुखैरेनी-३ वडाध्यक्षमा राप्रपाबाट सुमन बगाले, सदस्यमा राप्रपाबाट मनोज कुमार श्रेष्ठ र आँबुखैरेनी-१ वडाध्यक्षमा राप्रपाबाट जनकराज सेर्ढाईको उम्मेद्वारी परेको छ ।

यस्तै, देवघाट गाउँपालिकामा ४ जनाको उम्मेद्वारी परेको छ । जसमा राप्रपाका कृष्णप्रसाद आचार्यले गाउँपालिकाको अध्यक्ष र गंगामाया गुरुङले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । यस्तै, राप्रपाकै कृष्णप्रसाद पोख्रेरले देवघाट-५ को वडाध्यक्ष पदमा र चन्द्रबहादुर शाहीले सदस्य पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत थमनसिंह थापाले बताए।

म्याग्दे गाउँपालिकामा जनमुक्ति पार्टीबाट उपाध्यक्षमा केशरबहादुर थापा र मौलीक जरोकिलो पार्टीबाट अध्यक्षमा टोलाराज वग्ले गरी २ जनाको उम्मेद्वारी दर्ता भएको छ। ऋषिङ गाउँपालिकामा एक/एक जना अध्यक्ष, उपाध्यक्ष, ३ जना वडाध्यक्ष, ५ जना खुल्ला सदस्य र २ जना महिला सदस्य गरी १२ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए । यस्तै, जिल्लाको घिरिङ गाउँपालिकामा भने आइतबार कुनैपनि पार्टीले उम्मेद्वारी दर्ता नगराएको निर्वाचन अधिकृत किर्तनराज पौडेलले बताए ।

ठूला दलदलाई सकस

यस्तै, आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाउन सकस परेको छ । आइतबार र सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेपनि तनहुँका ठूला राजनीतिक दलले आइतबार साँझसम्म पनि उम्मेदवार टुङ्ग्याउन सकेका थिएनन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र उम्मेदवार छनोटका लागि आन्तरिक बैठकमा व्यस्त छन् । सत्तारुढ दलबीच गठबन्धन गर्ने सहमति भए पनि भागबण्डा नमिलेका कारण समस्या भएको छ । सत्तारुढ दलबीच भागबण्डा मिलाउन पटकपटक बैठक बसे पनि सहमति हुननसकेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए।

भागबण्डामा सहमति नजुटेपनि कांग्रेस उम्मेदवार टुङ्ग्याउन बैठक बसिरहेको छ । कांग्रेसले जिल्लाका चार नगरपालिकाका उम्मेदवार चयन गर्नका लागि प्रदेश समितिलाई नामावली सिफारिस गरिसकेको छ भने छ गाउँपालिका र ८५ वडाका अध्यक्षका उम्मेदवार जिल्लाबाटै आइतबार रातीसम्म टुङ्ग्याउने गरी छलफलमा जुटेका छन् । यस्तै, कांग्रेसले सोमबार मात्र उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

नेकपा एमाले तनहुँले पनि उम्मेदवार टुङ्गो लगाउन बैठकमा व्यस्त छ । चार नगरपालिका, छ गाउँपालिका र ८५ वडामा उम्मेदवार आइतबार रातीसम्म टुङ्गिने एमाले तनहुँका उपसचिव खिमबहादुर कुमालले जानकारी दिए । एमालेले पनि सोमबार दशवटै पालिकामा एकैसाथ उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रले भने सात वटा पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । यद्यपि सत्तारुढ दलबीच गठबन्धनको भागबण्डा नमिलेका कारण माओवादीले पनि सोमबारमात्रै उम्मेदवारी दर्ता गराउने भएको छ ।

माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा आशा कोइराला, भानु नगरपालिकाको प्रमुखमा ओमकुमारी पौडेल, व्यास नगरपालिकाको प्रमुखमा अतिन्द्रकेशरी न्यौपाने, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दिलीप श्रेष्ठ, भिमाद नगरपालिकाको प्रमुखमा रामबहादुर थापा, देवघाट गाउँपालिकाको अध्यक्षमा भुवनसिं गुरुङ र आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष शुक्र चुमानलाई उम्मेदवार उठाउने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker