नेता-कार्यकर्ता एकजुट हुनुको विकल्प छैन : नेता भण्डारी
भञ्ज्याङ समाचारदाता/डुम्रे

नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले नेता-कार्यकर्ता एकजुट हुनुको विकल्प नभएको बताएका छन् । पार्टीको महाधिवेशनमा भएका कमिकम्जोरीलाई बिर्सिएर आगामी दिनमा हुने तीनवटै तहको निर्वाचनमा एकढिक्का भएर काँग्रेसलाई जिताउन उनले कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेस बन्दिपुर गाउँपालिका-४ ले आयोजना गरेको टोल कार्यसमिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले काँग्रेस जनताको सुख-दुःखको पार्टी भएको हुँदा गाउँ-गाउँमा बिकासको लहर ल्याउन पनि काँग्रेसले जित्नै पर्ने दाबी गरे ।
वडा सभापति सीता थापाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला सदस्य शिव खत्री, क्षेत्रीय सचिव राजु बानिया, बन्दिपुर सभापति कर्ण्र्ााादुर खत्री, पूर्व क्षेत्रीय संयोजक राजेन्द्र पिया, वडा नं. ५ की सभापति रिता तिवारी, बन्दिपुरका नेता बैंशबहादुर गुरुङ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा नेता भण्डारीले ड्रेस र खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए । भण्डारीले बन्दिपुर-५ कोरिखा स्थित गुरुङ महिला समुहलाई २५ थान ड्रेस, कोरिखा युवा क्लवलाई २ थान भलिवल र नेट हस्तान्तरण गरेका हुन् ।










