कौशी खेतीमा सघाउदै वडा कार्यालय

भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

कंक्रिटका संरचनाले बस्ती भरिएको छ । एक हात जग्गालाई लाखौँ रुपैयाँ पर्छ । त्यसैले तरकारी किनेर उपभोग गर्नेहरु जग्गा बिक्री गर्छन् तनहुँको प्रमुख व्यापारीक केन्द्र दुलेगौँडामा । शुक्लागण्डकी नगरपालिका-४ मा पर्ने दुलेगौंडा बजारबासीलाई कौशीमा तरकारी फलाउन वडा कार्यालयले हौस्याउदै आएको छ । यहाँका करिब ८ सय परिवारलाई कौशी खेतीका लागी प्रोत्साहन गर्न तरकारी विरुवा वितरण गरेको वडा सचिव कल्पना गैरे सुवेदीले जानकारी दिए । लहरेवाली कांक्रो, घिरौला र करेलाको विरुवा टोल बिकास संस्था मार्फत प्रत्येक घरलाई उपलब्ध गराएको उनले बताए । विरुवासंगै कोकोपिट समेत उपलब्ध गराएको उहाँले जानकारी दिए । उनका अनुसार गत बर्ष वडाबासीलाई गत बर्षपनि तरकारीका विरुवा र प्लाष्टिकको गमला वितरण गरिएको थियो ।

वडाबाट विरुवा लगेर कौशीमा तरकारी फलाउनेमध्ये उत्कृष्ट किसानलाई सम्मान गर्ने वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । ‘वडाबासीलाई घरमै तरकारी फलाएर उपभोग गर्न प्रोत्साहि गरेका छौँ’, उनले भने, ‘कौशीमा तरकारी फलाएर परिवारलाई मात्र पुर्‍याए पनि स्वाथ्यका लागी फाईदा हुन्छ।’ निर्यात घटाएर अर्थतन्त्रलाई सघाउन खोजेको उनको भनाई छ । बजारबाट पैसा तिरेर बिषादीयुक्त तरकारी खरिद गर्न बानीको अन्त्य हुनुपर्नेमा उनको जोड छ । वडाले सघाउन थालेपछि दुलेगौँडा बजारमा कौशीमा तरकारी फलाउने समेत बढेका छन् ।

वडा कार्यालयले चालु आर्थिक बर्ष २०७७/०७८ मा कौशी खेतीका लागी तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो वडामा जनप्रतिनिधी निर्वाचित भएर आए पछि हरेक बर्ष कौशी खेतीलाई बजेट विनियोजन हुदै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker