भानु नगरपालिकामा स्वास्थ्य कार्यक्रम समीक्षा

भानु : भानु नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न विभिन्न स्वास्थ्य कार्यक्रमहरूको समीक्षा गर्ने उद्देश्यका साथ पालिका स्तरीय वार्षिक समीक्षा कार्यक्रम गरिएको छ ।

नगर स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख उमा गौतम, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी, जनस्वास्थ्य निरीक्षक मोहदत्त ढकाल, परिवार नियोजन सुपरभाइजर सुदीप कडेल, स्वास्थ्य संस्था प्रमुख, कर्मचारी र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बुधबार र विहीबार गरी दुई दिनसम्म चलेको कार्यक्रममा मातृ तथा नवशिशु स्वास्थ्य, खोप सेवा, परिवार नियोजन, पोषण, महामारी रोग नियन्त्रण, जनचेतना अभिवृद्धि लगायतका क्षेत्रका उपलब्धि, चुनौती र सिकाइबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन आगामी वर्षका लागि सूक्ष्म विश्लेषणसहित योजना र रणनीति तय गरी कार्ययोजना बनाउन निर्देशन दिए । कार्यक्रममा सहजीकरण जनस्वास्थ्य निरीक्षक शुभाष रेग्मीले गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker