बडादशैंको सातौ दिन : तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याइयो

दमौली : बडादशैंको सातौ दिन सोमबार तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि विधिपूर्वक कालिका मन्दिरमा फूलपाती भित्र्याइएको हो ।

बाजागाजा सहित दमौली बजार परिक्रमा गरी कालिका मन्दिरमा पुगेर फूलपाती भित्र्याइएको हो । चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेना र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले लिएर गएको डोली कालिका मन्दिरमा भित्र्याइएको हो । त्यसअघि विपी वनवाटिकास्थित बेलको रुखमा पूजाआजा गरिएको थियो ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शुक्रबारशास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

कालिका मन्दिरको व्यवस्थापनमा प्रत्येक वर्ष फूलपाती भित्र्याउने परम्परा रहँदै आएको छ । बागभञ्ज्याङ सामुदायिक वनको बीचमा अवस्थित छ कालिका मन्दिर । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करिब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका सहिद शान्ति पार्क पर्दछ । यही पार्कभित्र रहेको मन्दिरमा पूजाआजाका लागि भक्तजन पुग्ने गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker