तनहुँको आदिकविमा लोकतन्त्र दिवसमा झन्डोत्तोलन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले १५औं लोकतन्त्र दिवसका अवसरमा क्याम्पसमा झन्डोत्तोलन तथा क्याम्पस स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितामा विजयी समूहहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको छ ।

कार्यक्रम गण्डकी प्रदेशका सांसद डोवाटे विक, राष्ट्रिय सभाका सदस्य रामचन्द्र पोखरेलले क्याम्पसको छतमा नेपालको झण्डाको संयुक्त रुपमा डोरी तानेर झन्डोत्तोलन गरेका थिए । कार्यक्रममा बोल्दै सांसद विकले वर्तमान सरकारले लोकतन्त्रको मूलभूत मान्यतालाई उल्लंघनगरेको र लोकतन्त्रको रक्षाका लागि अहिले पनि जनताले चनाखो रहनु पर्ने बताए ।

क्याम्पस र क्याम्पसमा क्रियाशिल आदिकवि नेपाली सिर्जनशील मञ्चको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा गत चैत्र १३ गते क्याम्पसमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने समूह र उत्कृष्ट नृत्य प्रदर्शन गर्ने तीनजनालाई नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker